सर्लाही, १७ असार । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर १७ रानिगन्जमा बिष सेवनबाट ८ महिने शिशुको ज्यान गएको छ भने आमा सिकिस्त भएकी छिन् ।
स्थायी ठेगाना ईश्वरपुर नगरपालिका वडा नम्वर ५ नरेशखोर घर भएकी रमिता कुमारी महतोले रानिगन्ज स्थित राधाकृष्ण मन्दीर परिसरमा बिष सेवन गर्दा ८ महिनाको छोरी सृष्टि महतोको ज्यान गएको हो । आमाले विष सेवन गरेर दुध चुसाउँदा शिशुको ज्यान गएको प्रहरीले जनाएको छ ।
रमिता कुमारीले बिहीबार राती रानिगन्ज स्थित राधाकृष्ण मन्दिर परिसरमा विष सेवन गरेर बसिरहेको अवस्थामा स्थानीयले देखेका थिए । तत्कालै प्रहरी पुगेर आमा र शिशु दुवैलाई उद्धार गरी लालबन्दी स्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा ल्याउँदा चिकित्सकले शिशुको मृत्यु भइसकेको लालबन्दी प्रहरीले जनाएको छ ।
रमिताको प्रादेशिक अस्पताल मलंगवामा उपचार भईरहेको छ । घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी विजय यादवले बताए । घटनास्थल नजिकै विषादीको बोतल फेला परेको उनले भने । प्रहरीका अनुसार रमिता कुमारीका श्रीमान रामविनोद महतोले करिव एक महिनाअघि मात्रै आत्महत्या गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन