रौतहट, १७ असार । रौतहटको गढिमाई नगरपालिका वडा नम्वर ७ धनारी गाउँमा अवस्थित रहेको माध्यमिक विद्यालय धनारीमा गत दुई दिन अघि अर्थात गत बुधवार एउटा भोजभतेरको आयोजना गरियो । उक्त भोजभतेरमा हार्ड र सफट ड्रिंक्सको व्यवस्थापन गरिएको भाइरल भिडियोमा देख्न सकिन्छ ।
वियर, हार्ड ड्रिंक्स सहितको भोजभतेर गर्न इजाजत दिने विद्यालयका प्रधानाध्यपक कपिलदेव यादव, ५ जना महिला शिक्षिका सहित १७ जना कर्मचारीहरु प्रशासनीक कोठामा बसेर भोजभतेर खाँदै गर्दा केही स्थानीय युवकहरु आएर गोप्य रुपमा भिडियो बनाएर विद्यालयको प्रधानाध्यापकको कर्तुतलाई बाहिर सार्वजनिक गरेका छन् ।
शिक्षाको पवित्र मन्दीरलाई अपवित्र बनाउने प्रवृतिका गुरुहरुको उदांगो कर्तुत कहिले सम्म ?
विद्यालयमा नैतिक शिक्षाको साथै बालबालिकाहरुको उज्जवल भविष्यका लागि अभिभावकहरु निकै विश्वास गरेर अध्ययनका लागि पठाउँछन् तर ति विद्यालयका गुरु वर्गको यस्तो हर्कतबाट शिक्षा जगतलाई कलंकित बनाउने कार्य गरिएको छ । आजको बालबालिका भविष्यका कर्णधार बन्ने विद्यालय प्रशासनको यस प्रकारको कर्तुतबाट सिंगो शिक्षा क्षेत्रलाई लज्जित तुल्याएको शिक्षाविदहरुको ठम्याई रहेको छ ।
शिक्षा ऐन अनुसार विद्यालय परिसर भन्दा कम्तीमा ५०० मिटर वरिपरीमा मदिरा पसल वा चुरोट, गुट्खा विक्री वितरण गर्न पाइदैनन, तर माध्यमिक विद्यालय धनारीले सबै नियमकानुनलाई लत्याउदै यसप्रकारको कर्तुत गरेकोमा शिक्षा ऐन अनुसार कारवाही गर्नुपर्ने स्थानीयहरुले तराई टप मार्फत सम्बनिधत निकाय माग संग गरेका छन् ।
प्लस टु सम्म अध्ययन हुने उक्त विद्यालयका २०५५ साल देखि प्रधानाध्यपक रहेका कपिलदेव यादव संग सोध्दा, ठूलो गल्ति भएको स्वीकार गर्दै यहाँका समाज र अभिभावक संग माफी मागिसकेको बताए । विद्याको मन्दीरमा यसरी जाँडरक्सी सहितको मोजभतेर कतिको उपयुक्त हो ? भन्ने प्रश्नको जवाफमा प्रअ यादवले म संग ठूलो गल्ति भईसकेको छ, कानुन बमोजिम जुसुकै कारवाही भए सहन तयार रहेको जवाफ दिए ।
गढिमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले हामीले पनि सुन्यौ र भिडियो पनि देख्यौं, आज आफै विद्यालयमा पुगेर प्रधानाध्यापकलाई के कति कारणबाट विद्याको मन्दीरमै जाँडरक्सी सहितको भोजभतेर भयो सवितृत खुलाई तिन दिन भित्र चित्त बुझ्दो जवाफ दिन स्पष्टीकरण सोधेको बताए ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले विद्यालय परिसरमा भएको उक्त घटना अत्यन्तै निन्दनिय र शिक्षा ऐनकानुन विपरित भएको हुँदा कानुन बमोजिम कारवाही हुने जानकारी दिए ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन