भारत संग सस्तोमा पेट्रोलियम पदार्थ किन्न गृहकार्य सुरु

339 Shares

काठमाडौं, १८ असार । नेपाली बजारमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्यलाई अझ कम गर्न हेतु भारत संग सस्तो मूल्यमा इनधन खरिद गर्ने अनौपचारिक वार्ता सुरु भएको छ ।

नेपालले भारतसँग सस्तोमा पेट्रोलियम पदार्थ खरिद गर्न अनौपचारिक कुराकानी सुरु गरेको छ । पेट्रोलियम पदार्थको चर्को मूल्यका कारण समग्र अर्थतन्त्रमै असर परेपछि सरकारले सस्तोमा इन्धन किन्न भारतसँग अनौपचारिक कुराकानी थालेको उद्योग, वाणिज्य तथा आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेयले बताए ।

भारतले रसिया लगायतका मुलुकबाट सस्तोमा इन्धन किनेका कारण त्यस्तो इन्धन नेपाललाई दिन सक्छ कि भन्ने अनुमानमा कुराकानी अघि बढाएको सचिव पाण्डेयले बताए ।

‘यो कुनै पाको भएको विषय होइन । हामी अनौपचारिक च्यानल प्रयोग गरिरहेका छौं,’ पाण्डेयले भने, ‘यदी यसो हुनसके मुलुकलाई ठूलो राहत मिल्ने थियो ।’

इन्धनको मूल्यका कारण समग्र अर्थतन्त्रमा असर हुनबाट जोगाउन सरकारले अधिक प्रयास गरिरहेको पनि पाण्डेयले बताए ।
सन् २०२० को जनवरीदेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको कच्चा पदार्थको मूल्य वृद्धि हुँदा प्रशोधित इन्धनको मूल्यको मारमा मुलुक पर्दै आएको छ । इन्धनको मूल्य वृद्धिसँगै दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य बढ्दा महँगी ६ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।

इन्धनको उच्च मूल्यका कारण यसको कारोबार गर्ने नेपाल आयल निगमको घाटा १५ दिनमा १० अर्ब रुपैयाँ नाघ्न थालेको छ । निगमले तेल खरिद गर्ने भारतीय आयल कर्पोरेसनलाई तिर्नुपर्ने बक्यौता पनि बढ्दै गएको छ । निगमको पछिल्लो विवरणअनुसार यस्तो बक्यौता रकम २३ अर्ब पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।