इरान–भारत सम्बन्ध

620 Shares

यितेन्द्र शर्मा
भारतका विदेशमन्त्री एस–जयशंकरले आफना इरानी समकक्षी, त्यहाँका विदेशमन्त्री डा.हुसैन अमीर– अब्दोलाहैनसित दुईपक्षीय हितका व्यापार, कनेक्टिभिटी र स्वास्थ लगायतका विविध विषयमा चर्चा गरे । एस–जयशंकरले टवीटर सन्देश मार्फत जारी गरेका विज्ञप्तिमा दुई पक्षीय वार्तामा वैदेशिक तथा क्षेत्रीय हितका विषयमा पनि विचारको आदान प्रदान भएको साथै दुईपक्षीय सहयोगका कार्य प्रगतिका बारेमा पनि चर्चा भएको र रुस–युक्रेन युद्धको बारेमा पनि चर्चा भएको सार्वजनिक गरेका छन् ।
इरानका विदेशमन्त्री अमीर आब्दोलैहनसंग दुई पक्षीय सहयोगका विभिन्न विषयहरु व्यापार, कनेक्टिभिटी र स्वास्थ, जनता जनताबीचको सम्पर्क लगायतका विषयमा चर्चा भएको तथा दुई नेताको समुपस्थितिमा दुईपक्षीय कानुनी सहायता र व्यापारिक विषयहरुमा समेत हस्ताक्षर भएका छन् । इरानी विदेशमन्त्रीलाई नयाँ दिल्लीमा स्वागत गर्न आफु उत्सुक रहेको बताउँदै भारतीय विदेशमन्त्रीले इरान र भारतबीचको घनिष्ट एवं मैत्रीपूर्ण सम्बन्धको पनि चर्चा गर्नुभयो । इरानसित एक महत्वपूर्ण सहयोगी र नजिकको छिमेकी भएको र सनु २०२०–२१ मा दुईपक्षीय सम्बन्ध झन बलियो भएको बताए । एस.जयशंकरले दुई पटक तेहरानको भ्रमण गरी त्यहाँका नेताहरुसित भेटवार्ता गरे । दुवै देशले स्वास्थ्यको क्षेत्रमा निकै सहकार्य गरेका छन् । इरान सरकारको निम्तोमा उनले राष्ट्रपति अयातुल्लाह सैयद इब्राहिम रसिदीको शपथग्रहण समारोहमा पनि सहभागी भएका थिए । उनले इरानका उच्चस्तरीय नेताहरुसित भेटबर्ता गरी दुई पक्षीय हितका धेरै विषयमा चर्चा गर्नुका साथै शाहीद बहेस्टी टर्मिनल र चाबहार बन्दरगाहका बारेमा पनि चर्चा गरे । सन् २०१५ मा इरान र भारतबीच चाबहार बन्दरगाहको विकास एवं स्तरोन्नतिको विषयमा सहमति भएको तथा दश वर्ष सम्म यसको ठेक्का एवं संरक्षण र रेखदेशको जिम्मा भारतले प्राप्त गरेको छ । इरान र भारतबीचको विस्तृत सम्बन्ध प्रगाढ हुदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।