काठमाडौं, १९ असार । ग्राहक वर्गलाई विशेष सुट प्रदान गर्न आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसिअलेटी क्लिनिक प्राली बिच सम्झौता भएको छ ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसिअलेटी क्लिनिक प्रालीका प्रबन्ध निर्देशक शिवराज केसीले संयुक्त रुपमा हस्ताक्षर गरेपछि आधिकारीक रुपमा ग्राहकहरुलाई आकर्षक छुटमा सेवा प्रदान गरिने भएको हो ।
संयुक्त हस्ताक्षर संगै सम्पन्न भएको सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई ग्यालेक्सी स्पेसिअलेटी क्लिनिक प्राली महाराजगंज काठमाडौंमा एक्सरे, युएसजी, इसिजी, इसिएचओ लगायतका सेवा प्रवाहमा १० प्रतिशतको साथै ओपिडि सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुट पाउने जनाइएको छ । आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, लगानीकर्ता र ग्राहकहरु आवश्यक्ता अनुसारको सोव लिन समेत संस्थाले जनाएका छन् ।
सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले ग्यालेक्सी स्पेसिअलेटी क्लिनिक संग आवद्ध लगानी कर्ता, कमचारी एवं ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आईएमई जनरल इन्स्योरेन्सबाट सहज रुपमा उपलब्ध हुन जानकारी गराए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन