रौतहट, १९ असार । रौतहटको चन्द्रपुर नपा १ पौराई स्थित नुनथर महादेव नजिक वागमती नदीमा शनिवार डुवेर वेपत्ता भएका दुई भारतीय युवकको शव आईतवार दिउसो घटनास्थलबाट १५ किलोमिटर दक्षिणमा सुरक्षाकर्मीहरुको टोलीले फेला पार्र्न सफल भएको छ ।
भारत विहारको सीतामढी कोट बजारबाट विआर ०१ एचएफ ६६१९ नम्वरको निजी सवारी साधनबाट रमाइलो गर्न रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर १ पौराईमा आएका थिए । २४ बर्षिय मयंक अग्रवाल र २१ बर्षिय रितेस साह (गोलुकुमार) पौडि खेल्ने वेलामा पानीको भेलले बगाउदा बेपत्ता भएका थिए ।
दुई भारतीय युवक वेपत्ता भएको सुचना पाउना साथ नेपाल प्रहरी र सशस्त्र प्रहरी खोजी कार्यलाई तिव्र बनाएपनि राति भएको हुँदा आईतवार विहान देखि सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर करिव ५० जना सुरक्षाकर्मीअरु नेपाल भारत सिमा सम्म परिचालन गरेर खोजी कार्यमा जुट । आज दिउसो २.५० बजेको समयमा वृन्दावन नगरपालिका वडा नम्वर १ बलेरी खोर जंगल नजिक दुई जना युवकको शव फेला पार्न सफल भएको सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर गणद्धारा प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । घटनास्थलबाट १५ किलोमिटर दक्षिणमा शव भेटिएको बताइएको छ ।
दुबै युवकको शव पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल गौरमा ल्याइएको छ, मृतकका परिवारजनहरुको उपस्थितिमा पोष्टमार्टम गरेर आजै शव शतगतको लागि जिम्मा लगाउने सशस्त्र प्रहरीका एसपी ध्रुव कार्कीले जानकारी दिए ।
वागमती सिंचाई आयोजनाको ब्यारेज भन्दा उत्तर पिकनिक स्पट नुनथरमा रमाइलो गरेर पौडी खेल्न जाँदा उक्त घटना भएका थिए । सोही क्रममा स्थानीयहरुले ३० बर्षिय सुमन साहलाई उद्धार गर्न सफल भएपनि दुई जनाको दुखद निधन भएको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन