मौलापुरको सिको प्रदेश सरकारले गर्नुमा नगरबासिको सम्मान बढेको छ प्रभु साह

529 Shares


संजय मिश्रा
रौतहट १९ असार ।
मौलापुरको सिको मधेस प्रदेश सरकारले गरिरहंदा नगर बासिको सम्मान बढेको एमालेको स्थायी कमिटी सदस्य एवम पुर्व मन्त्री प्रभु साहले बताएका छन । मौलापुर नगरपालिका १ मर्यादपुर स्थित माध्यमिक बिधालयको नवनिर्मित भवनको उदघाटन पश्चात् आयोजित कार्यक्रममा प्रमुख अतिथी नेता साहले उक्त कुरा बताएका हुन । आफुले दिएको सल्लाह अनुसार मौलापुर नगरप्रमुख रिना कुमारी साहले २०७५ सालदेखि छात्राहरू लाई साईकल बितरण सुरु गरेको थियो । लगत्तै मधेस प्रदेश सरकारले पनि छात्रालाई साईकल बितरण कार्यक्रम लागू गर्यो । गत बर्ष मौलापुर नगर प्रमुख रिना साहले उच्च शिक्षा पढ्ने जेहेन्दार छात्रालाई ल्यापटप बितरण सुरु गरिन यसपटक प्रदेश सरकारले पनि ल्यापटप बितरणको योजना ल्याएको छ। यसरी मौलापुरले सुरुगरेको कामको सिको गरेर प्रदेश सरकारले पनि सोही योजना ल्याउंदा यसले पुरै नगरबासिको सम्मान बढेको पुर्व मन्त्री समेत रहेका प्रभु साहले बिचार राखेका छन । उनलेे नगर क्षेत्र भित्र रहेका शैक्षिक संस्थाले सफल विद्यार्थी, दक्ष जनशक्ती उत्पादन गरी मौलापुर नगरपालिकाको नाम देश विदेशमा चिनाउने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन ।
नव निर्मित विद्यालय भवनमा संचालन हुने शैक्षिक गतिविधीले मर्यादपुरका विद्यार्थीहरुको भविष्य उज्वल हुने विश्वास समेत उहाले व्यक्त गरेका छन ।
मौलापुर नगर क्षेत्रका विद्यालयहरुमा अहिले पनि भवन, शैक्षिक सामाग्री लगायतको अभाव रहेको र त्यसलाई क्रमिक रुपमा सुधार गर्दै अगाडी बढ्नु पर्नेमा उहाको जोड थियो । शैक्षिक क्षेत्रको सुधारको लागी जसरी मौलापुर नगरपालिकाले ध्यान दिईरहेको छ त्यसरी नै यहांका अभिभावक समेतले पनि आ आफ्नो जिम्मेवारी निभाउनु पर्ने उहाको भनाई थियो । मौलापुर नगरपालिकाले ९५ लाख रुपैयामा १ बिगहा ३ कठा जग्गा खरिद खरिद गरेको छ। सोही जग्गामा ३ करोड ३ लाख १८ हजारको लागतमा
दुईतले मुख्य भवन र १ करोड ८५ लाख,८९ हजारको लागतमा एकतले एनेक्स भवन निर्माण भएको मेयर रिना कुमारी साहले बताईन । कम्पाउण्ड वाल सहित बिधालय संचालनमा ल्याउंदा सम्म नगरपालिकाको कुल ६ करोड ४४ लाख,७ हजारको लागत भएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका छन ।
यस आर्थिक बर्षमा मौलापुर नगरपालिकाले प्रदेशमै शिक्षामा सबभन्दा बढी बजेट छुट्याएको छ । आर्थिक बर्ष २०७९ । ०८० को लागि शिक्षातर्फ नगरपालिकाको कुल बजेटको ४०/५८ प्रतिशत अर्थात १४ करोड ६० लाख रुपैया छुट्याएको अधिकृत साहले बताएका छन ।
मौलापुरमा २०७४ साल अघि माबी सोनरनिया र माबी पथरा बुधराम मात्र संचालनमा रहेको थियो । मौलापुरमा पहिलोपटक मेयर पदमा रिना कुमारी साह निर्वाचित हुंदा ३ वटा नया माध्यमिक बिधालय थपिएको छ। हाल माबी मर्यादपुर,जवाहर माबी,माबी गमहरिया,माबी सोनरनिया,र माबी पथरा बुधराम गरि ५ वटा माबी संचालनमा रहेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन ।
संघीय सरकारले शुल्क लिने ब्यवस्था गरेपनी नगरपालिकाले प्राबिधिक शिक्षाको निशुल्क ब्यवस्था गरेको छ।बहु प्राबिधिक शिक्षालयमा जियोमेटिक्स ईन्जिनियर तथा शिविल ईन्जिनियर पढाईको लागि नगर भित्रका विद्यार्थी लाई निशुल्क अध्ययनको ब्यवस्था रहेकोे प्रमुख साहले बताए ।
संघीय सरकारले शिक्षा तर्फ कुल बजेटको मात्र ८ प्रतिशत छुट्याउने स्थानीय तहलाई निर्देशन दिएको छ । तर पुर्व मन्त्री प्रभु साहको सल्लाह अनुसार मेयर रिना कुमारी साहले बजेटको झन्डै ४१ प्रतिशत रकम शिक्षा तर्फ छुट्याएको छ । नगरक्षेत्रका बिधालयहरुमा नगरपालिकाले निजि स्रोतमा ४० जना शिक्षक शिक्षिका भर्ना गरेको छ।
सबै बिधालयमा भौतिक पुर्वाधार निर्माण देखि सम्पुर्ण परिक्षा निसुल्क गरेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले सार्वजनिक गरेका थिए ।
उदघाटन कार्यक्रममा पुर्व मन्त्री,प्रभु साह,एमाले केन्द्रिय सदस्य कुन्दन कुश्वाहा,मेयर रिना साह,एमाले प्रदेश कमिटी सदस्य मनोज यादव,त्रिभुवन साह,नगरशिक्षा संयोजक चन्देश्वर साह,बिधालयका प्रधानाध्यापक रामश्रेष्ठ यादव लगायतकाले मौलापुर नगरपालिकाले प्रदेशमै सबै पालिका भन्दा बढी रकम शिक्षा तर्फ छुट्याएको भन्दै सराहना गरेका थिए ।उक्त अवसरमा मौलापुरका उपमेयर नागेन्द्र यादव, मेयर प्रत्याशी बिजय यादव,पुर्व उपमेयर कान्ति देवि,योगेन्द्र साह,लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।