रौतहट, २१ असार । रौतहटको दुर्गा भगवती गाउँपालिकामा सोमवार अबेर साझ टाटा सुमोको ठक्करबाट गम्भीर घाईत भएका मध्ये एक जनाको उपचारको क्रममा निधन भएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहिया गाउँमा घरअगाडी बसेर कुरा गरिरहेको अवस्थामा ना. ४ च. १०३१ नम्बरको टाटा सुमोले ठक्कार दिदा स्थानीय ६० बर्षिय भरोसी महतोको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।
घाईते मध्ये दुर्गा भगवती गापा २ भलोहियाकै ४० बर्षिया संगीता पाण्डेको न्यरो अस्पताल विरगंजमै उपचार भईरहेको छ भने अर्का घाईत ६० बर्षिय रामजी दासको शुकदेव चोकमा रहेका शिवदर्शन अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी सुनिल मल्लले बताए ।
टाटा सुमोमा ३ जनाको संख्यामा बसेर अत्याधिक गतिमा गुडिरहेका गाडीले हिजो अबेर साँझ ठक्कार दिएका थिए । ठक्कर दिएर उनीहरु गाडी छाडी घटनास्थलबाट भाग्न सफल पनि भए । पछि तिन जना मध्ये दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाका राजेन्द्र प्रताप सिंहलाई प्रहरीले नियन्त्रणमा लिन सफल भयो ।
घटना पश्चात टाटा सुमो इप्रका गंगापिपराको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भईरहेको तथा त्यसमा सबार अन्य व्यक्तिको पहिचान एवं खोजी कार्य जारी रहेको डिएसपी मल्लले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन