एजेन्सी । भारतको जम्मु कश्मिरमा आउदो बर्ष जी- को बैठकको आयोजना गर्ने भारतको प्रस्तावमाथि पाकिस्तान र चिनलाई झटका लागेको छ ।
अर्को वर्ष जम्मु कश्मीरमा जी-२० देशका नेताहरूको बैठक गर्ने भारतको योजना सार्बजनिक भएपछि पाकिस्तान र चीनले आपत्ति जनाएका छन् । चीनले यस मुद्दालाई राजनीतिक रंग नदिन सरोकारवाला पक्षहरूलाई अलग बस्न चेतावनी दिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफमा भने, ‘कश्मीरमा चीनको अडान स्थिर र स्पष्ट छ । यो भारत र पाकिस्तानबीच पहिलेदेखि नै चलिरहेको मुद्दा हो । संयुक्त राष्ट्र संघले यसको उचित समाधान खोज्नुपर्छ । सम्बन्धित पक्षहरूले एकतर्फी कदम चालेर परिस्थितिलाई जटिल बनाउनबाट जोगिनु पर्छ । हामीले वार्ता र संवादबाट विवादहरू समाधान गर्नुपर्छ र मिलेर शान्ति र स्थिरता स्थापना गर्नुपर्छ भनेका छौं ।’
उनले भने- ‘ जी-२० अन्तर्राष्ट्रिय आर्थिक सहयोगको लागि प्रमुख मञ्च हो । हामी सम्बन्धित पक्षहरूलाई आर्थिक पुनरुत्थानमा ध्यान दिन र यस सान्दर्भिक मुद्दालाई राजनीतिकरण नगर्न र विश्वव्यापी आर्थिक सुशासन सुधार गर्न सकारात्मक कदम चाल्न आह्वान गर्दछौं ।’
चीन जी-२० समूहको सदस्यको रूपमा बैठकमा भाग लिन्छ कि छैन भन्ने प्रश्नको जवाफमा झाओले भने- ‘हामी बैठकमा भाग लिने वा नदिने भनेर विचार गर्नेछौं ।’
यस अघि पाकिस्तानले पनि जी-२० को बैठक जम्मु कश्मिरमा हुने विषयमा आपत्ति जनाएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन