काठमाडौं । चिनियाँ कुटनीति नेपालमा फेल भएपछि नेपालका लागि चिनियाँ राजदूत विगत डेढ महिना देखि नेपालबाट ग्याब भएको खबर प्राप्त भएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी काठमाडौंबाट गायब भएकी छन् । उनी करिब डेढ महिनादेखि काठमाडौंमा नरहेको पाइएको छ ।
चिनियाँ राजदूतावास स्रोतकाअनुसार चौतर्फी असफलता र निराशापछि राजदूत यान्छीले सुटुक्क काठमाडौं छाडेकी हुन् । उनी हाल बेइजिङमा रहेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
यान्छीको घमण्ड र अहंकारी व्यवहारले नेपालमा चीन चौतर्फी रुपमा असफल भइरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख आफैं नेपाली कांग्रेस र सत्ता गठबन्धनसँग सम्बन्ध सुधारका लागि प्रयासरत छन् ।
केपी ओली नेकपाको सरकार हुँदा राजदूत यान्छीको काठमाडौंमा रजगज थियो । उनले कम्युनिस्ट नेताहरुलाई थर्काउने र परिचालन गर्ने गरेकी थिइन् । तर यान्छीले एकपटक ओलीलाई प्रधानमन्त्री पद छोड्न भनेपछि बालुवाटार प्रवेशमै प्रतिबन्ध लागेको थियो ।
यान्छीका यस्ता हस्तक्षेपकारी व्यवहारले नेपालमा चीनको भूमिका कमजोर र खुम्चिन पुगेको छ । झन् एमसीसी प्रकरणान यान्छी नराम्रोसँग असफल भइन् । चीनले लामो समयदेखि दबाब दिएर संसदबाट पास हुन नदिएको एमसीसी पारित भएपछि यान्छी कुटनीतिक रुपमा असक्षम भएको र फिर्ता बोलाउने भनेर बेइजिङमा समीक्षा बैठक नै भएको थियो ।
काठमाडौंमा चौतर्फी असफलता र निराशाले राजदूत यान्छी कुनै सुइको नदिएर सुटुक्क बेइजिङ पुगेर बसिरहेकी छन् ।
सुन्दरी राजदूत यान्छीको डान्सदेखि अन्य कुटनीति असफलताले बेइजिङ चिन्तित रहेको जानकारहरु बताउँछन् । अहिले सीपीसीको विदेश विभागले नै सम्बन्ध सुधारको प्रयास गर्दा नयाँ राजदूत कसलाई पठाउने भन्नेमा पनि बेइजिङका लागि पेचिलो विषय बनेको छ ।
नेपालमा अमेरिका र भारतको दबदबा बढेको र त्यसलाई कसरी सन्तुलनमा ल्याएर आफ्नो भूमिका बढाउने भन्नेमा बेइजिङका कुटनीतिज्ञहरु जोडघटाउमा रहेको बताइन्छ ।
यसपालि अचम्मको कुरा त के भयो चिनियाँ राजदूतले काठमाडौं छोडेको महिना वितिसक्दा कुनै चर्चा छैन । जबकी अमेरिका र भारतका राजदूतले एक दिन काठमाडौं छाड्दा ठूलो चर्चाको विषय बन्ने गरेको छ । तर भूमिकामा खुम्चिएको चिनियाँ राजदूतको काठमाडौंबाट दुखद बहिर्गमनको कुनै चर्चा छैन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन