लण्डन । नेसनल एयरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले चन्द्रमा माथि चिनद्धारा कब्जा गर्ने संकेतहरु देखा परेको आरोप लगाएको छ ।
नेसनल एयरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) का प्रमुखले चीनलाई लक्षित गर्दै उसले चन्द्रमा कब्जा गर्ने दाबी गर्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै चीनले त्यसको खण्डन गरेको छ ।
चीनले चन्द्रमा कब्जा गर्नसक्ने भन्दै नासाका प्रमुखले दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै चीनले त्यसको खण्डन गरेको छ । यसअघि नासाका प्रमुख बिल नेल्सनले चीनले आफ्नो सैन्य अन्तरिक्ष कार्यक्रमको हिस्साको रूपमा चन्द्रमा कब्जा गर्न सक्ने आरोप लगाएका थिए ।
तर चिनियाँ परराष्ट्रमन्त्रालयका प्रवक्ता झाओ लिजिआनले नासाका प्रमुखको अभिव्यक्तिको खण्डन गरेका हुन् । नेल्सनको भनाइलाई उनले ‘गैरजिम्मेवार अभिव्यक्ति’ भन्दै खण्डन गरेका छन् ।
नेल्सनले गत शनिबार एक जर्मन पत्रिकाका लागि दिएको अन्तर्वार्तामा आफू चीनको अन्तरिक्ष महत्वाकांक्षाप्रति चिन्तित रहेको बताएका थिए । ‘चीन चन्द्रमामा अवतरण गर्दै भन्छ कि यो हाम्रो हो र तिमी बाहिर नै बस । हामी यसबारे चिन्तित हुनुपर्छ ।’
नेल्सनले बेइजिङको चन्द्रमा अन्वेषण योजनाहरूको व्याख्या गर्दै यस्तो प्रतिक्रिया दिएका थिए । चीनले भने पछिल्लो एक दशकको अवधिमा आफ्नो अन्तरिक्ष कार्यक्रमको गति तीव्र बनाएको छ । साथै अन्तरिक्षको अन्वेषणमा चीनले आफूलाई केन्द्रित बनाएको बताइन्छ ।
चीनले २०१३ मा पहिलो पटक अन्तरिक्ष यात्राको सफल अवतरण गरेको थियो । साथै आगामी दशकको अन्त्यसम्म अर्थात् २०३० सम्म चीनले अन्तरिक्ष यात्रीहरू पठाउन रकेट प्रक्षेपणको प्रयास गरिरहेको छ ।
यसै सन्दर्भमा नेल्सनले चीनको अन्तरिक्ष कार्यक्रम सैन्य कार्यक्रम भएको र उसले अरूबाट विचार र प्रविधि चोरेको आरोप लगाएका थिए ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले भने पत्रकार सम्मेलनको क्रममा नासाका प्रमुख नेल्सनले यसरी ‘आरोप लगाएको र चीनबारे तथ्य बेवास्ता गर्दै गैरजिम्मेवार अभिव्यक्ति दिएको’ पहिलो पटक नभएको बताएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन