रौतहट, २८ असार । रौतहटको देवाही गोनाही नगरपालिका अन्तर्गत पर्ने कर्कच गाउँमा विद्युत सर्ट भएर घरमा आगलागी हुँदा करिव ४ लाख ५० हजार मूल्य बराबरको धनसम्पती जलेर नष्ट भएको छ ।
देवाही गोनाही नपा ६ कर्कच गाउँ घर भएका विरेन्द्र महतो कोइरीको फुसको छाना भएको घरमा मंगलवार विहान ८ बजेको समयमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागिमा परेर तिन वटा घर जलेर खरानी बनेका छन् । आगलागिबाट घरभित्र रहेका एलइडी टिभी, खाद्यान्न सामग्री, लत्ताकपडा, गरगहना, नगद र फर्निचर सहितको सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आगलागीबाट करिव ४ लाख ५० हजार मूल्य बराबरको धनसम्पत्ती जलेर नष्ट भएपनि मानविय क्षति नभएको जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता सुनिल मल्लले दिए । आगलागी भईरहदा स्थानीय बासिन्दा र प्रहरीको मद्दतले आगो माथि नियन्त्रण गरिएको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन