शक्ति सम्पन्न राष्ट्रहरुको द्धन्दको थलो बन्न दिनु हुँदैन ः नेकपा एसका अध्यक्ष नेपाल

478 Shares

रौतहट, २९ असार । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कसैको आधिनमा रहनु हुदैन र शक्ति सम्पन्न देशको द्धन्दको थलो बन्नु हुदैन बताउनु भएको छ ।
गृह जिल्ला रौतहट सदरमुकाम गौर स्थित नगरपालिकाको सभाकक्षमा बुधवार “तराई टप” संग कुरा गर्दै “नेपालको राजनीतिमा हामीहरुको र नेकपा एसको भुमिका अत्यन्तै महत्वपूर्ण रहेको हुँदा हामी सबै संग मित्रता चाहेका छौं नकि शत्रुता गर्न चाहन्छौं यही मान्यताका साथ नेपाली राजनीतिलाई विश्वमा बलियो एवं सुदृद्ध बनाएर अघि बढेको देख्न चाहन्छा”ै उनले भने ।
“शक्ति सम्पन्न राष्ट्र विचको द्धन्दको थलो बन्नु हुनु हुदैन, न हाम्रो देशलाई कसैको प्रयोगशाला बन्न दिन्छु, सबै संग मित्रता गाँसेर आफनो स्वाभिमान एवं सार्वभौम सम्पन्न जनताको हित हुने सार्थक कदम उठाएर नेपाललाई विकासको गतिमा अघि बढाउने योजना नेकपा एसको रहेको” पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेपालले स्पष्ट पारे ।

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियान चाओले नेकपा एसका अध्यक्ष सहितका नेतालाई होटलमा भेट्न किन बोलाए ?


अमेरिकन परियोजना एमसीसी पारित भएपछि चिनियाँ कुटनीति विफल भएपछि सीपीसीका विदेश विभाग प्रमुख लिउ जियान चाओको नेपाल भ्रमण हुनु कतै चिनियाँ शक्तिहरु पुन हावी भईरहेको त छैन भने तराई टपको प्रश्नको जवाफमा नेकपा एसका अध्यक्ष नेपालले यसमा कुनै शंका उपशंका लिनु हुदैन, यो उहाँहरुको नियमित भ्रमण मात्रै हो । विदेश विभाग प्रमुखमा नियुक्त भएपछि उनको पहिलो नेपाल भ्रमण थियो हामी सबै संग सम्बन्ध राम्रो बनाएर अघि बढ्न चाहन्छौ त्यही क्रममा उहाँहरु आउनु भएको हुँदा कुनै शंका उपशंका लिनु हुँदैन उनले भने ।
एमसीसीको वारेमा हाम्रो पार्टीले व्याख्यात्मक टिप्पणी सहित पारित गरेको बताउदै नेता नेपालले आइपीएसको अंग नेपाल कहिले पनि बन्दैनन्, त्यस्ता कुरामा हाम्रो मुलुक कहिले पनि सहभागी हुने छैन । अमेरिकाको सुरक्षा र रणनीतिको मातहतमा नेपाल जान सक्दैन, एमसीसी विशुद्ध आर्थिक सहयोगको परियोजना हो यही हुनु पर्दछ अन्य कुरा स्वीकार्य नहुने स्पष्ट पारे ।
अर्को प्रश्नको जवाफमा अध्यक्ष नेपालले सीपीसीका विदेश विभाग प्रमुख चाओलाई आफनो निवासमा नबोलाई साझा थलोको रुपमा भेटघाट राख्यौं, कुरा के भयो त्यो महत्वपूर्ण हो कुरा कहा भयो त्यो महत्वपूर्ण होइन उनले भने । हामी विच आत्मिय हिसावले सम्बन्धलाई सुदृढ गरेर अघि बढ्नु पर्छ मेरो मान्यता थियो उनीहरु पनि सम्बन्धलाई सुमधुर बनाउनमा जोड दिए । नेकपा एस र सीपीसीको सम्बन्धलाई बलियो बनाउनमा जोड दिने सम्बन्धमा कुरा भएको बतए ।
अर्को प्रश्नको जवाफमा अध्यक्ष नेपालले वर्तमान गठबन्धनको सरकार रहिरहनु पर्छ, गठबन्धनलाई कुनै खतरा छैन, आउने दिनमा हुने निर्वाचनमा पनि गठबन्धनकै हिसावमा निर्वाचनमा जानुपर्नेमा जोड दिए ।


गौर नगरपालिकाको प्रमुख शम्भु साह, बौधीमाईको प्रमुख प्रदीप यादव, वृन्दावनको प्रमुख विनोद पटेल, कमल यादव, भुमि आयोगका अध्यक्ष लक्ष्मण रेग्मी, युवा नेता विक्रान्त नेपाल, डा. सोहेल तैंयव, रजिउद्दिन आलम, कलिमुल्लाह सहितका नेकपा एसका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको युवा नेता एवं गौर नगरपालिकाको प्रवक्ता अर्जुन सिंहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।