रौतहट, २९ असार । रौतहटको दुर्गाभगवती गाउँपालिकाको भलोहिया गाउँमा ट्रेक्टरले ठक्कर दिदा एक ६५ बर्षिय व्यक्तिको बुधवार राति मृत्यु भएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ निवासी ६५ बर्षिय किशोरी ठाकुर गर्मी छल्न आफनो घर अगाडी बसिरहेको अवस्थामा बुधवार राति करिव ८ बजेको समयमा ट्रेक्टरले किचिदा निजको घटनास्थलमै मृत्यु भएको स्थानीयहरुले बताएको हो ।
स्थानीय बासिन्दाहरुको अनुसार घर अगाडी बसिरहेका वृद्ध ठाकुरलाई किचिदै उनको फुसको घरमा समेत क्षति पुर्याए । जीवन र मरणको दोसाँधमा रहेका ठाकुरलाई तत्कालै उपचारको लागि शुकदेव चोक लगिदा चिकित्सकले मृत घोषितको बताइएको छ ।
घटना पछि ट्रेक्टर चालकलाई स्थानीयहरुले समातेर प्रहरीको जिम्मा लगाएको तथा ट्रेक्टर इप्रका गंगा पिपराको नियन्त्रणमा रहेको समेत स्थानीयले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गंगापिपराको मोवाइल नम्वर ९८५५०४४१५२ फोन गर्दा उठ्न सकेन ।
प्रहरी नियन्त्रणमा रहेको चालक र ट्रेक्टर प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन