ईएमएम निगेटिभ रगत समूह रहेको व्यक्ति विश्वको दशौं व्यक्तिको रुपमा भारतीय नागरिकको रुपमा पहिचान गरियो

270 Shares

नयाँ दिल्ली । विश्वमा दुर्लभ मानिएको रगत समूह मध्ये १० औं व्यक्तिको रुपमा भारतीय नागरिकलाई पहिचान गरिएको छ । ईएमएम निगेटिभ ब्लड ग्रुप भएको व्यक्ति विश्वमा ९ जना मात्रै रहेको तथा सुरतको प्रयोगशालाले दशौं व्यक्तिको रुपमा भारतीय नागरिकमा भएको पत्ता लगाएको हो ।

भारतको पश्चिमी राज्य गुजरातमा एक ६५ वर्षीय व्यक्तिको दुर्लभ रगत समूह ईएमएम नेगेटिभ पत्ता लागेको छ । यो समूहलाई अन्य रक्त समूह ए, बी, ओ, वा एबीमा वर्गीकृत गर्न सकिँदैन । 

ती व्यक्ती हृदय रोगबाट पीडित छन् । 

मानव शरीरमा ए, बी, ओ, आरएच, र डफी सहित ४२ विभिन्न प्रकारका रक्त प्रणालीहरू छन्। सामान्यतया, त्यहाँ चार फरक रक्त समूह प्रकार छन् । ईएमएम विभिन्न प्रकारका ३७५ एन्टिजनहरूमा पनि उच्च मात्रामा उपस्थित हुन्छ ।

विश्वमा अहिलेसम्म ९ जनामा मात्रै दुर्लभ रगतको समूह छ । यी अत्यन्त दुर्लभ रगत समूह भएका मानिसहरूले अरूबाट रगत दान र प्राप्त गर्न सक्दैनन् ।  पछिल्लो पटक गुजरातको राजकोटका ६५ वर्षीय पुरुषमा पनि यस्तो दुर्लभ देखिएको छ । 

सुरतको समर्पण रक्तदान केन्द्रका चिकित्सक सन्मुख जोशीका अनुसार हृदयघातपछि अहमदाबादमा उपचार गरिरहेका ती बृद्धलाई मुटुको शल्यक्रियाका लागि रगत आवश्यक थियो ।

तर, अहमदाबादको प्रथमा प्रयोगशालामा उनको रगतको समूह पहिचान गर्न नसकेपछि सुरत रक्तदान केन्द्रमा नमूनाहरू मात्र पठाइएको थियो । 

पछि ती वृद्धको रक्त समूह भारतमा पहिलो र विश्वको दशौं घटना भएको पत्ता लाग्यो । इन्टरनेशनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजन (आइएसबीटी) ले यसलाई ईएमएमः नेगेटिभ भनेर तोकेको छ किनभने रगतमा ईएमएम छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।