हंगकंग । चीनको अधिनमा परेका हंगकंग कहिले सम्म रहला भने प्रश्न उठ्नु स्वभाविकै हो, अहिले २५ बर्ष मात्रै भएको छ । चीनको स्वामित्व स्वीकार्य नगर्ने वेला वेलामा स्वतन्त्रताको आन्दोलन उठेपनि चरम चिनियाँ दमन सामु हंगकंगका नागरिकहरु आधिन स्वीकार्न बाध्य छन् ।
चीनले हंगकंगलाई आफ्नो अधिनमा ल्याएको २५ वर्ष पूरा भएको छ । तर समय समयमा स्वतन्त्रताको आन्दोलन बेला बखत उठेपछि दमन पनि जारी राखेको छ ।
९९ वर्षसम्म बेलायतले लिजमा लिएको हंगकंगलाई सन् १९९७ मा चीनले पुनः अधिनमा ल्याएको हाे । रजत महोत्सवलाई हंगकंग मा आज (शुक्रबार) भब्य रुपमा मनाईने भएकाे छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ हिजै द्रुत गतिको रेलबाट हंगकंग आइसक्नु भएको छ भने चीनले रजत महोत्सवलाई निकै महत्व दिएको छ ।
राष्ट्रपति सीको कार्यक्रमको विस्तृत विवरण नदिइएपनि उहाँले सार्वजनिक सम्बोधन गर्नसक्ने अनुमान गरिएको छ । हंगकंग बढ्दो चिनियाँ पकड र स्वतन्त्रता कुण्ठित गरेको भन्दै केही विरोधका स्वरहरू सुनिएपनि उनीहरूलाई सडकमा उत्रिन दिइएको छैन् । शुक्रबार साँझ भिक्टोरिया हार्वरमा भब्य आतिसबाजी कार्यक्रम राखिएको छ ।
बेलायतबाट हंगकंग चीनलाई फिर्ता गर्ने क्रममा विशेष कानूनबाट शासन सञ्चालन गर्ने र लोकतान्त्रिक अधिकारहरू सुनिश्चित रहने सहमति भएकाे थियाे । त्यसयता चीनले विस्तारै आफ्नो पकड कसिलो बनाउँदै आफ्नै शैलीको शासन व्यवस्था लाद्न खोजेको आरोप चीनमाथि लाग्दै आएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन