384
Shares
काठमाडौं, ३१ असार । प्रतिनिधि सभाको उपसभामुख पदका लागि भएको निर्वाचनमा पुष्पा भुसाल ५५ मत विपक्षी भन्दा बढि ल्याएर निर्वाचित भएकी छन् ।
शुक्रबार संघिय संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेका थिए भने उनको विपक्षमा एमालेबाट उम्मेदवार बनेकी विद्या भटराईको पक्षमा ९३ मत खसेको थियो । एक जना भने तटस्थ बसे । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिए पछि अहिले सम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो । अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन