ढाका, १ साउन । बंगालदेशमा बसोबास गरिरहेका अल्पसंख्यक रुपमा रहेका हिन्दु समुदायको घर, पसल र मन्दिर तोडफोड गर्नुका साथै अगलागीको खबर प्राप्त भएको छ ।
यो घटना बंगलादेशको नरेल जिल्लाको लोहागढ उपजिल्लामा भएको हो । एक फेसबुक पोस्टमा ईश निन्दा गरेको आरोपमा हिन्दु समुदायलाई निशाना बनाइएको प्रहरीको भनाइ रहेको हो ।
लोहागण् उप जिल्लाको दिघलिया गाउँमा शुक्रबार राति आक्रमण भएको थियो । यसले पुरै क्षेत्रमा तनावको माहौल रहेको छ । बजारमा सबै पसल बन्द रहेका छन् । यस मामिलामा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
लोहागढ थानाका प्रमुख शेख अबुले क्षेत्रमा शान्ति कायम राख्न अतिरिक्त प्रहरी बल तैनाथ गरिएको जानकारी दिए । हाल स्थिति नियन्त्रणमा रहेको उनको भनाई छ । यस घटनामा कुनै उजुरी दर्ता नगरिएको पनि अबुले बताए ।
भाजपाका पूर्व नेता नुपूर शर्माको समर्थनमा एक कलेज विद्यार्थीले हालै एक फेसबुक पोष्ट सेयर गरेका थिए । त्यसपछि कलेजका प्रिन्सिपल स्वपनल कुमार विश्वासलाई जूत्ताको मला समेत लगाइएको थियो । नुपूर शर्माले पैगम्बर मोहम्मद बारे आपमान जनक टिप्पणी गरेकी थिइन् जसको व्यापक विरोध भएको थियो ।
प्रहरीले बिहीबार कलेजका एक विद्यार्थीको फेसबुक आईडीबाट एक पोष्ट गरिएको थियो जसमा पैगम्बर मोहम्मद बारे विवादित टिप्पणी गरिएको बताएको थियो । प्रहरीले सो पोष्ट असली वा नक्कली भएको बारे अनुसन्धान गरिरहेको जनाएको थियो ।
पोस्टका कारण शुक्रबार नमाजको बेला तनाव सुरु भएको थियो । त्यसपछि साँझ देखि हिन्दुहरू माथि आक्रमण सुरु भएको थियो । हमला राति साढे ९ बजेसम्म चलेको थियो । आक्रमणकारीलाई रोक्न प्रहरीले अश्रु ग्याँसदेखि गोली पनि चलाएको थियो ।
बीबीसी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन