रौतहट, १ साउन । अहिले झमझम झरीपरी किसानलाई धान रोपाइँ गर्न भ्याननभ्याइ हुनुपर्ने बेला हो तर अवस्था त्यस्तो छैन्, खडेरी लाग्दा किसानहरुको वेहाल अवस्था छ, कहिले पानी पर्ला ! भनी आकाश तिर निरन्तर आँखा लगाइरहेका छन् ।
पानी नपर्दा अधिकाँश किसानले रोपाइँ गर्न पाएका छैनन् भने केही किसानहरुले रोपेको धान बाली सुकेर पहेलो हुन थालेको छ । रौतहट र सर्लाही सहितका तराई मधेशका जिल्लामा यो वर्ष पर्याप्त वर्षा हुन सकेको छैन् । असार दोस्रो साता दुई दिन सामान्य झरी परेपनि त्यसपछि पानी पर्न सकेको छैनन् ।
आजबाट साउन सक्रान्ति पनि सुरु भयो तर बाहिरको मौसम हेर्दा चैत, बैशाख लागे जस्तो दृश्य देखिन्छ । मध्य असारमा सामान्य झरी पर्दा हतारहतारमा रोपाइँ गरेका किसान फेरि पानी नपरेपछि खेतमा धाजा फाटेर भर्खरै रोपेको रोपो सुक्न थालेपछि चिन्तित भएका छन् । सिँचाई सुविधा नभएको क्षेत्रका केही किसानले महँगो मूल्यको इन्धन खर्चेर पप्प सेट मार्फत सिँचाई गरी रोपाइँ गर्ने र धान खेतमा पानी पटाउने काम गरिरहेका छन् ।
रौतहटको दक्षिणी क्षेत्रका किसानहरु प्राय ः अकाशे पानीको भरमा धानको रोपाईको पर्खामा बसेका किसानहरु अहिले निकै चिन्तीत बनेका छन् । कतिपय किसानहरु हतारमा धानको रोपाई गरेको तर पानीको अभावमा खेतमा धाजा फाटेर धान सुकेर पहेलो हुन थालेको गुनासो दुर्गा भगवतीको किसान सुनिल चौरसियाले गरे । “यो बर्ष त हामी किसानहरु बर्बाद नै भयो, पानी नपर्दा महँगीको मल, जल र जन लगाएर रोपकेको धान सुकेर खेर जादैछ” निराश हुँदै उनले भने ।
जिल्लाको १८ पालिका मध्ये दुर्गा भगवती, माधवनारायण, यमुनामाई, देवाही गोनाही, परोहा, गौर, इशनाथ, बौधीमाई, मौलापुर लगायतका स्थानीय तहका किसानहरु अकाशे पानीको अभावमा वेहाल अवस्थामा रहेको छ ।
सर्लाही जिल्लाको अवस्था पनि फरक छैनन । पानीको अभावमा सर्लाहीको किसानहरु वेहाल अवस्थामा रहेको छ । पानी नपरेकै कारण साउन महिला सुरु भईसक्दा पनि धेरै किसानले रोपाइँ गर्न पाएका छैनन् । जिल्ला कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पानीको अभावमा धान रोपाइँ ठप्प जस्तै भएको र रोपाइँ भइसकेको धान खेतमा समेत धाजा फाटेको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन