रौतहट, ३ साउन । भारत तर्फ पठाउन तयार पारिएको अवस्थामा ठूलो परिमाणमा लागु औषध गाँजा लोड भएको भारतीय नम्वरको स्कार्पियो जिपलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्वर ६ कुडिया गाउँ देखि दक्षिणमा रहेको आँपको बगैचौमा लागु औषध गाँजाको पोकाले भरिएको डिएल ४सि एनवि ६२२९ नम्वरको स्कार्पियो जिप पाकिंग गरिएको अवस्थामा आईतवार राति सबा १० बजेको समयमा नेपाल सुरक्षा बेश क्याम्प फतुवाबाट खटिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर गण हजमिनिया रौतहटले जनाएको हो ।
नियन्त्रणमा लिएको स्कार्पियो जिपमा गाँजाको १३ वटा पोका रहेको प्रत्येक पोकामा १४.८ किलोग्राम गाँजा रहेको जानकारी दिदै सशस्त्र प्रहरीको एसपी ध्रुव कार्कीले उक्त जिपबाट १९२.४ किलोग्राम गाँजा बरामद गरिएको छ । अन्य कागजातहरु फेला परेको हुँदा आवश्यक अनुसन्धनको लागि जिप सहित लागु औषध गाँजालाई नेपाल प्रहरीको जिम्मा लगाएको उनले भने ।
मध्य रातिको समयमा उक्त लागु औषध बोकेको भारतीय नम्वरको स्कार्पिओ भारत तर्फ जानको लागि तयारी अवस्थामा रहेको सुचना गणलाई प्राप्त भएको हुँदा तत्कालै एक्सनमा आउनका निमित्त गण र बेश क्याम्पबाट सुरक्षाकर्मी खटाएर नियन्त्रणमा लिन सफल भएको एसपी कार्कीले बताए । यहाँबाट बरामद भएको गाँजा पक्कै बाहिरबाट आएको हुन सक्ने आशंका गर्दै उनले गाँजाको ओसारपसारमा को को संलग्न छन् त्यसबारे गहन अनुसन्धान जारी रहेको स्पष्ट पारे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन