नयाँ दिल्ली । धर्तीको स्वर्ग वा जन्नतको नामबाट प्रख्यात रहेका काश्मिरमा अवस्थित बाबा बर्फानी यात्रा सुरु भएको छन् ।
हिमालयको काखमा, गुफा भित्र हिउले बन्ने लिङ्गको रुपमा भगवान शिवको दर्शन गर्न ३० जुनमा लाखौं भक्तजनको यात्रा सुरु भएको थियो । आधार शिविरबाट २ हजार ७५० तीर्थयात्री शेषनाग र पाँचटर्नीमा रात्रि बिराम लगाएर करिब तीन दिन पैदल यात्राका लागि प्रस्थान गरेका छन् ।
जम्मू र कश्मीर प्रशासनले यस वार्षिक कार्यक्रमलाई तीन वर्ष को स्थगन पछि खुल्ला गरेको हो । यस वर्ष छ लाख भन्दा बढी तीर्थयात्रीहरूको अपेक्षा गरिएको छ। यस वर्षको सुरुदेखि नै उपराज्यपाल मनोज सिन्हाले यात्रालाई सहज र सुरक्षित बनाउन संयन्त्र निर्माण गर्दै आएका छन् ।
तीर्थयात्रा परम्परा अनुसार भदौ ११ गते रक्षाबन्धनको दिनसम्म ४३ दिनसम्म चल्नेछ । एलजीले व्यक्तिगत रूपमा यात्राको सबै व्यवस्थाको निरीक्षण गरिरहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन