टुटेश्वर महादेव मन्दिरमा २० लाख भक्तजनहरु दर्शन गर्ने आयोजक समिति को अनुमान

502 Shares

महोत्तरी – महोत्तरीमा बहुचर्चित साउने मेला सुरु भएको छ । महोत्तरीको  उत्तरी क्षेत्र  बर्दिबास नगरपालिकाको टुटेश्वर मन्दिरमा साउने मेला १ साउनदेखि सुरु भएको हो । प्रत्येक सोमबार लाग्ने उक्त मेलामा महिनाभरि २० लाख श्रदालु भक्तजनहरू टुटेश्वर महादेवको दर्शनको लागि आउने मन्दिर संरक्षण समितिले अनुमान गरेको छ ।

अघिल्लो साल कोरोना माहामारीका कारण देवालयहरू प्राय: सुनसान देखिएका थिए । तर, धार्मिक पर्यटकीय स्थलहरू पुरानो लयमा फर्किएसँगै देवालयहरू भरिभराउ देखिन थालेका छन् । यसै कारण पनि यो एक महिनामा २० देखि २५ लाख स्वदेशी तथा विदेशी धार्मिक आस्था बोक्ने भक्तजनहरू दर्शनको लागि आउने संरक्षण समितिका अध्यक्ष हरि महतले जानकारी दिए ।

साउनको हरेक सोमबार यस मन्दिरमा दर्शन गरे बाँझोपनको समस्याबाट मुक्त बन्ने, पापकर्महरू नाश हुने धार्मिक विश्वास रहँदै आएको छ । बर्दिबास-५ मा रहेको यस  मन्दिरलाई अहिले बेहुलीजसरी सिंगारिएको छ । १५० भन्दा बढी व्यापारिक स्टलहरू राखिएका छन् भने मनोरञ्जनका लागि विद्युतीय पिङ र विभिन्न खेलहरू खेल्न सकिन्छ ।

लामो लाइन बसेर टुटेश्वर महादेवको दर्शन गर्नुपर्ने हुँदा प्रचण्ड गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने असरलाई ख्याल गर्दै स्वास्थ्य सहायता कक्ष, सहायता कक्ष जस्ता सहयोगी कक्षहरूको स्थपना गरिएको छ । मन्दिर वरपर व्यापा गर्नेहरूको भिड पनि उत्तिकै छ । बारा, पर्सा, सप्तरीसहित भारतबाट यहाँ आएर विभिन्न व्यापार गर्नेहरूको आवागमनसमेत बढिरहेको छ । बाहिरबाट आउने श्रदालु भक्तजनहरूलाई आकर्षित गर्न मन्दिर परिसर लगायत वरपर सरसफाइमा विशेष ध्यान दिइएको छ ।

मन्दिर संरक्षण समितीले सयभन्दा बढी स्वयंसेवक परिचालन गरेको छ भने सुरक्षा संवेदनशीलतासँग जोडिएका विषयहरूमा चुस्त रहन सुरक्षाकर्मीहरूले विशेष सतर्कता समेत अपनाएका छन् । नेपाल प्रहरी तथा ट्राफिक प्रहरी सरसफाइमा आफैँ खटिएका छन् । प्रहरी नायव उपरीक्षक तथा इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख रवि रावलको नेतृत्वमा र जिल्ला ट्राफिक कार्यालयका प्रमुख उदयसिंह सिजापतिले सुरक्षा र ट्राफिकका समस्याहरुमा सहजीकरण गरिरहेका छन् ।

पूर्व-पश्चिम राजमार्गमा कुनै ट्राफिक जाम नहोस् भन्ने उद्देश्यले मुख्य सडकमा समेत यदि त्यस्तो अवस्था आए तयारी रहन ट्राफिक प्रहरीसमेत परिचालन गरिएको प्रमुख सिजापतिले जानकारी दिए । नेपाल प्रहरीले पनि भिडभाड तथा त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विशेष निगरानी गरिरहेको प्रहरी नायव उपरीक्षक रवि रावलले बताए ।

सबैभन्दा बढी मन्दिर भएको यस पालिकाले धार्मिक पर्यटक वृद्धिमा ध्यान पुर्‍याए आम्दानीको गतिलो स्रोत मन्दिर पनि हो । तर, स्थानीय सरकारको ध्यान खासै केन्द्रित हुन नसक्दा धार्मिक महत्वका तिर्थस्थलहरू अस्तव्यस्त छन् । आन्तरिक र बाह्य धार्मिक पर्यटकहरूको बर्दिबास प्रमुख आस्थाको केन्द्र भए पनि उचित संवर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।