तिब्बतको प्राकृतिक सम्पदा माथि व्यापक रुपमन दोहन गरि त्यसको अस्तित्व मनथि खेलवाड गरिरहेको मानवअधिकार वादी संघ संस्थाहरुको रिपोर्टमा उल्लेख गरिएको छ ।
चीनले विश्वको छाना तिब्बतलाई आफ्नो प्रभावमा ल्याउन र यहाँको प्राकृतिक सम्पदाको दोहन गर्दै जनसांख्यिकी परिवर्तन गरिरहेको अधिकारवादी समूहहरुले बताएका छन् ।
ती समूहहरूले चीनले तिब्बतमा भारी नियन्त्रण राखेको बताउँदै प्रणालीगत रूपमा मौलिक अधिकारहरूको दमन एवं नागरिक समाजमाथि कडा नियन्त्रण गरेको बताएका छन् ।
सन् २०२१ मा चीनद्वारा प्रकाशित ४० पृष्ठभन्दा लामो ‘१९५१ देखि तिब्बत: मुक्ति, विकास’ नामक श्वेतपत्रले वातावरणीय कारकहरूमा चीनको उपेक्षालाई छर्लंग पारेको छ ।
उक्त श्वेतपत्रले थुप्रै बाँध निर्माण र धेरै पूर्वाधार विकासको पहल गरेको छ । तथापि यसले वातावरणीय विनाशलाई ध्यानमा नराखेको अनुसन्धान समूह (पोरेग) ले रिपोर्ट गरेको छ ।
तिब्बतमा भइरहेको विकास योजनाको कुरा गर्दासमेत त्यसले पारिस्थितिकीमा पुर्याएको क्षतिलाई उल्लेख गरेको छैन ।
यसले स्वच्छ उर्जा बिजुलीको प्रयोगले कार्बनडाइअक्साइडको उत्सर्जनमा कमी आएको बताए पनि तिब्बती जनताले भने रातको समयमा बिजुली बिना बस्नुपर्ने स्थिति हटाएको छैन ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको तीन चरणको योजनाले तिब्बतलाई दमन गर्दै त्यहाँको प्राकृतिक स्रोतको दोहन मात्रै गर्न खोजेको रिपोर्टमा उल्लेख छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन