नेपालको विकासमा भारतको अभूतपूर्व सहयोग

563 Shares

नेपाल भारतको असल छिमेकी देश हो, नेपालको समग्र विकासमा भारतको अभूतपूर्व सहयोग रहेको छ, नेपाल विकसित भएको भारत सधै हेर्न चाहेको छ ।
नेपालको सर्वोत्तम विकासका लागि आफ्नो धरातलिय स्वरूप र मौलिक पहिचान को बिषय सबल बनाउन आवश्यक छ।

देश र यसको सामाजिक-सांस्कृतिक संगै आर्थिक पक्ष सुदृढ बनाउन पहिला हाम्रो मनोदश सहि हुनु आवश्यक छ । हाम्रो राष्ट्रिय गौरव र स्वाभिमान लाई आत्मसात गर्न जरूरी छ । न कि राजनितिक स्वार्थका लागि जनतालाई छिमेकि प्रति नकारात्मक भाव र बितृष्णा फैलाउन ।

भारत : नाम सुन्ने बित्तिकै बड़ो चासो पूर्वक कान ठाड़ो पारि सुन्न थाल्यो बानी भएका हामि नेपाली त्यहाँका कुरो चैं कतिको बुझन प्रयास गरेका छौं भने कुरो मननयोग्य छ।

नेपाल को समस्या कुनै अन्य देशको कारणले नभई आफ्नै कार्यशैली र अपरिपक्वता का कारणले हो भन्ने कुरो प्रष्ट नै छ । तर अहिलेको हाम्रो वास्तविकता केही फरक देखिन्छ जुन की आत्मघाती सावित भैरहेको छ।

भारतमा केही हलचल बढे नेपालमा प्रभाव पर्ने स्वतः नै हो । तर उसको अन्तराष्ट्रिय नियम वा प्रतिबन्धहरू नेपालका लागि पनि लागु हुन्छ नै भने जरूरी छैन ।

भारत सरकारले गहुँ र चिनीलगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने भएको छ । नेपालका लागि नवनियुक्त राजदूत नवीन श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघसँग कुरा गर्दै भारतले निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि लागू नहुने प्रष्ट गरेका हुन् ।

नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन । महासंघका अध्यक्ष शेखर गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिवन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताएका थिए।

‘भारत सरकार, भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुपर्छ भन्ने पक्षमा रहेको उनले प्रष्ट गरे । तपाईँहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ,’ राजदूत श्रीवास्तवले भने, ‘हामी दुवैै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहान्छौँ ।’

अध्यक्ष गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वाधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्याबहरूको विस्तार, गैर भन्सार अवरोधहरूका विषयलाई कार्यक्रम मा मुुख्य रूपमा उठाएका थिए । नेपालको भारतसँगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटालाई कम गर्ने काममा भारतीय सहयोग अपरिहार्य रहेको गोल्छाको भनाइ छ । भेटमा नेपाली उद्योगीको गुनासो सम्बोधन गर्दै भारतीय राजदूत श्रीवास्तवले गहुँ र चिनी लगायतको वस्तुमा लगाइएको निर्यात प्रतिबन्ध नेपालका लागि लागू नुहने बताएका हुन् ।

नेपाल लाई अन्य देश जस्तो नभई आत्मिय मित्र र घनिष्टता जोडेका छिमेकी मुलुक को रुपमा लिने गरेको भाव व्यक्त गरेका राजदुतले अन्तराष्ट्रिय प्रतिबन्ध हरुले नेपालाई कहिं कतै असर नगर्ने प्रष्ट पारेका हुन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।