काठमाडौं, १० साउन । “स्मार्ट क्यूआर” भुक्तानी सेवाको मोरु डिजिटल वालेट संचालनमा आएको छ ।
पे नेप प्रालीको (मोरु) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) संग सम्झौता गरेर मोरु डिजिटल वालेट एप मार्फत “स्मार्ट क्यूआर” सेवा संचालनमा आएको बताइएको हो ।
मोरु एप को प्रयोगकर्ताहरुले देशभरका एक लाख ६० हजार भन्दा बढि मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने व्यवस्थापन गरिएका छन् । यस्तै मोरु वालेट प्रयोगकर्ताहरुले हालै बीग मार्टमा किनमेल गर्दा मोरु वालेट मार्फत “स्मार्ट क्यूआर” प्रयोग गरेर भुक्तानी गरेमा १५% तथा ३०० सम्मको आकर्षक छुटको व्यवस्थापन गरिएको जनाइएको छ ।
यसैगरी भविष्यमा स्मार्ट क्यूआर भुक्तानीमा मोरु वालेटको प्रयोगकर्ताले धेरै आकर्षक अफरहरू पनि प्राप्त गर्न सक्ने जानकारी सार्वजनिक गर्ने समेत स्मार्ट क्यूआर नेटवर्क सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज् र मोरुले संयुक्त रूपमा जानकारी गराएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन