सर्लाही, ११ साउन । सर्लाहीको हरिवन चोकमा बजार राख्ने विषयमा विवाद बढेपछि एक पक्षले बुधबार दिउँसो पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गरेर केही वेर अवरुद्ध गरेको छ ।
हरिवन नगरपालिका वडा नम्वर ११ को कार्यालय अगाडी माटो हालेर बनाइएको अग्लो स्थानमा बजार राख्ने विषयलाई लिएर दुई पक्ष विच वादविवाद भएपछि एक पक्षले राजमार्गमा प्रदर्शन गर्दै पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरिएको हो ।
बजार राख्ने वा नराख्ने भन्ने विषयमा विवाद बढ्दा एक पक्षले राजमार्गमा आई प्रदर्शन गरेको बताइएको छ । राजमार्गमा टायर बालेर प्रदर्शन गर्दा केहीबेर राजमार्ग प्रभावित भएको थियो । प्रदर्शनकारीलाई स्थानीय प्रहरीले निकै सम्झाएपछि राजमार्गको अवरोध हटेपछि सवारी साधन संचालनमा आएको प्रहरीले जनाएको छ ।
यसअघि तरकारी बजार लाग्दै आएको र अहिले माटो पुरेर सम्याइएको स्थानमा फेरि तरकारी किनबेच गर्न दिने वा नदिने भन्ने विषयमा विवाद चल्दै आएको छ । बुधबार बिहान वडा कार्यालयमा भएको छलफल बिथोलिएपछि एक समूहले राजमार्गमा आएर प्रदर्शन गरेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन