काठमाडौं, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालमा लिइएको एसईई परीक्षाको नजिता सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बुधवार दिउसो कार्यालयमै पत्रकार सम्मेलन गरेर २०७८ सालमा लिइएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ३.६ देखि ४ जीपिए सम्म ल्याउने विद्यार्थीहरुको संख्या ९६३३ रहेको जनाएको छ ।
यस पाली एसईई को परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । गत २ बर्ष सम्म कोभिड महामारीका कारण आन्तरिक मूल्याँकनको आधारमा नतिजा सार्वजनिक गरिए तापनि यसपाली कक्षा १० का विद्यार्थीहरुले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रुपमा उपस्थित भएर परीक्षा दिएको थियो ।
एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसएमएस र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था मिलाइएको छ । एसईईमा ४१ हजार ६२७ जनाले ३.२० देखि ३.६०, ६९ हजार ९०० जनाले २.८० देखि ३.२० जीपीए र ९० हजार ७५८ जनाले २.४ देखि २.८० जीपीए ल्याएका छन् ।
यसैगरी सबैभन्दा धेरै एक लाख १२ हजार ७३३ जनाले २ देखि २.४ जीपीए ल्याएका छन् र एक लाख ५९४ जनाले १.६ देखि २ जीपीए ल्याएका छन् । १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन