नयाँ दिल्ली । नारकोटिक्स नियन्त्रण र कानुन प्रवर्तनको लागि भारत र अमेरिका मिलेर काम गर्नुपर्ने सम्झौता गरिएको छ ।
भारत र संयुक्त राज्य अमेरिकाले नारकोटिक्स नियन्त्रण र कानून प्रवर्तन सहयोगको क्षेत्रमा संशोधित पत्र समझौता (एएलओए) मा हस्ताक्षर गरेको हो।
अमेरिकी विदेश विभागले जारी गरेको एक विज्ञप्ति अनुसार ७ र ८ जुलाईमा नयॉं दिल्लीमा आयोजित भारत अमेरिका काउण्टर नारकोटिस वर्किङ ग्रुप (सीएनडब्ल्यूजी) को तेस्रो बैठकमा सो समझौतामा हस्ताक्षर गरिएको थियो ।
अमेरिकी विदेश विभाग अनुसार, एनसीबीका महानिदेशक सत्य नारायण प्रधानले भारतीय प्रतिनिधिमण्डल र व्हाइट हाउसमा राष्ट्रिय औषधि नियन्त्रण नीतिको निदेशकका वरिष्ठ सल्लाहकार केम्प चेस्टरले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।
विदेश विभाग अनुसार, अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्वमा विदेश विभाग र न्याय विभागका वरिष्ठ अधिकारीहरूले गरेको थियो।
बिज्ञप्तिमा भनिएको छ, कानून प्रवर्तन, नीति निर्माण, औषधिको मागमा कमी र अन्य नशालु पदार्थाहरूसित सम्बन्धित मामिलाको निम्ति जिम्मेवार सम्बन्धित एजेन्सीहरूका प्रतिनिधिहरूले नशालु औषधिको माग, नशालु पदाथको तस्करी, नियामक र नियन्त्रण प्रयास, प्रवर्तन र आपराधिक जॉंचमा सहयोगसित सम्बन्धित व्यापक मुद्दाहरूमाथि विचार विमर्शमा भाग लिए।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन