प्रहरी, सैनिक, चिकित्सक, पत्रकारसहित पर्सामा थप ३४ जनामा कोरोना

830 Shares

वीरगञ्ज २० श्रावन । पर्सामा थप ४ महिलासहित ३४ जना नयाँ संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमित मध्ये २ जना बाराका रहेका छन् भने एक जना सुर्खेतका रहेका छन् । बाँकी ३१ जना मध्ये ३ जना पोखरीया नगरपालिका र एक जना जिराभवानी गाउँपालिका को सेढवाका रहेका छन् । संक्रमित मध्ये २७ जना वीरगञ्जको विभिन्न वडामा बसोबास गर्ने रहेका अस्पतालले जनाएको छ । संक्रमित हुनेहरुको उमेर १४ वर्षदेखि ५६ वर्षसम्म रहेको छ ।
संक्रमित चार जना महिलाहरुको उमेर १६, २६, २८ र ४९ रहेको छ । सुर्खेत घर भई नेशनल मेडिकल कलेजको क्वाटरमा बसी काम गर्ने २८ वर्षीया महिला डाक्टरमा संक्रमण देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार