एमाले निकट बुद्धिजीवि परिषद चन्द्रपुरको अध्यक्षमा रामप्रसाद उपाध्याय

1092 Shares

रौतहट, १५ साउन । नेकपा एमाले निकट नेपाल बुद्धीजिवी परिषदको चन्द्रपुर नगर अधिवेसनबाट रामप्रसाद उपाध्यायको अध्यक्षतामा ११ सदस्य नगर कमिटि गठन गरेको छ ।
नगर कमिटीको सचिवमा बिनोद हुंमागाई, कोषाध्यक्षमा तलसी न्यौपानेलाई चयन गरिएको हो । सदस्यहरुमा रोहित मोक्तान, शुभनारायण चौधरी, प्रियाङका ठाकुर, लिलाधर चौधरी, मञ्जु थापा र भागवत चौधरी रहेको जिल्ला अध्यक्ष अनिल झाले जानकारी दिए । नेपाल बुद्धिजिवी परिषदका केन्द्रीय सदस्य शिवचन्द्र साहको प्रमुख आतिथ्यतामा तथा जिल्ला अध्यक्ष अनिल झाको अध्यक्षतामा नगर अधिवेशन सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार