काठमाडौं, १५ साउन । कुर्मी सशक्तिकरण मंच केन्द्रिय कमिटिको काठमाडौंमा साधारण सभा सम्पन्न भएको छ ।
तमु बौद्ध सेवा समिति नेपाल अनामनगरको सभाहलमा सम्पन्न भएको साधारण सभाबाट अधिवक्ता अजय पटेलको अध्यक्षतामा १७ सदस्यीय केन्द्रिय कमिटी चयन गरिएको हो ।
२०७० सालमा अधिवेशन भएका थिए । उक्त समय पश्चात् हालसम्म अधिवेशन हुन नसकेको थिएन । देशमा बढ्दो राजनीतिक क्रियाकलापलाई मध्ये नजर गर्दै कुर्मी समाज धेरै पछाडि परेको हुनाले शनिवार ११ बर्षपछि देशको विभिन्न स्थानबाट आएका व्यक्तिहरुको उपस्थितिमा केन्द्रीय समितिलाई चयन गरिएक छ ।
कुर्मी सशक्तिकरण मंचको केन्द्रिय अध्यक्षमा अधिवक्ता अजय पटेल, वरिष्ठ उपाध्यक्षमा पत्रकार बिजय वर्मा पटेल, उपाध्यक्षहरु नरेश पटेल, अरबिन्द चौधरी पटेल, श्यामसुंदर पटेल, बिजय चौधरी पटेल, रमिता कुमारी पटेल, महासचिवमा राजन पटेल, सचिवमा रामस्वार्थ पटेल, कोषाध्यक्षमा प्रकाश राउत कुर्मी, सह–कोषाध्यक्षमा संगीता कुमारी पटेल, केन्द्रीय सदस्यमा युवा पत्रकार अभिमनुकुमार पटेल, कबीरराज पटेल, बाँकेबिहारी पटेल, लवकुश चौधरी पटेल, सतेन्द्र राउत पटेल, ईन्जिनियर रवि पटेल सहित १७ सदस्यीय नयाँ केन्द्रीय समितिको चयन गरिएका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन