189
Shares
वासिंगटन । चिनियाँ रकेट अन्तरिक्षबाट फर्किने क्रममा जलिरहेको अवस्थामा भग्नावशेषले रातिको अध्यारोमा आकाशलाई जगमगाएको भिडियोहरु यतिखेर भाईरहल भईरहेका छन् ।
पूर्वी र दक्षिणपूर्वी एसियामा चिनियाँ रकेटबाट जलिरहेको भग्नावशेष देखाउने धेरै कथित भिडियोहरू व्यापक रूपमा अनलाइन प्रसारित भइरहेका हुन् ।
अमेरिकी अन्तरिक्ष कमाण्डले शनिबार दिउँसो १२ः४५ बजे चीनको अनियन्त्रित लङ मार्च ५ बी रकेटको भग्नावशेष हिन्द महासागरमा पृथ्वीको वायुमण्डलमा पुन ः प्रवेश गरेको पुष्टि गरेको छ । चीनले जुलाई २४ मा क्यारियर रकेट प्रक्षेपण गरेको थियो ।