सिमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी, सात महिनामै साढे चार करोड मूल्य बराबरको भन्सार छलीको समान बरामद

   ६ फाल्गुन २०७७, बिहीबार १६:४६  

तराई टप संवाददाता
रौतहट, ६ फागुन । विश्व व्यापी कारोना महामारीलाई मध्यनजर राख्दै नेपाल सरकारद्धारा मित्र राष्ट्र संग सिमा बन्द गरेर प्रत्येक सय मिटरमा सशस्त्र प्रहरीको विटहरु स्थापित गर्दा सिमा वारीपारीबाट हुने कारोवारलाई अपेक्षा भन्दा नियन्त्रण गरेको तथ्याँकबाट पुष्टि भएको छ ।
नेपाल सरकारको निति अनुसार सिमा क्षेत्रबाट मानिसहरुको ओहरदोहर, भन्सार छली गरेर ल्याउने लैजाने सामानहरु तथा प्रतिबन्धित लागुऔषध एवं हातहतियार कारोवारी माथि विशेष निगरानी राखेर त्यस्ता कार्यलाई निरुत्साहित एवं दण्डित गर्ने उद्देश्यका साथ भारत संग सिमा जोडिएको रौतहटको सिमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति गराउदा अपेक्षकृत निकै प्रगति भएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गण रौतहटले पछिल्लो ७ महिनाको तथ्याँकबाट पुष्टि भएको हो ।


चालु आर्थिक बर्षको साउन महिना देखि लिएर फागुन महिनाको ५ गते सम्म साढे चार करोड मूल्य बराबरको भन्सार छली गरेर नेपाल भित्रयाइएको सामानहरु नियन्त्रणमा लिएको । २ थान अबैध हतियार, धेरै परिमाणमा लागु औषधहरु, ५० लाख भन्दा बढि श्रोत नखुलेको नेपाली रुपैया, डेढ सय क्यूविक फिट काठ बरामद गरेको तराई टप अनलाईन खवरलाई जानकारी दिदै सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गण प्रमुख सशस्त्र प्रहरीको एसपी सुर्यबहादुर सेन ओलीले सिमा क्षेत्र बाहेक ४७ जनालाई सवारी दुर्घटनाबाट उद्धार, बाढीमा ६ जनालाई जिवितै उद्धार गर्नुका साथै ४१ वटा आगलागीको घटनामा उपस्थित भई आगो माथि नियन्त्रण गरिएको बताए ।
भारत संग जोडिएको ३२ किलोमिटरको सिमा क्षेत्रमा सशस्त्र प्रहरी अहो रात्री खटेर अवाञ्छित कार्यहरुलाई नियन्त्रणमा गर्नमा कुनै कसर बाँकी नराखेको जानकारी दिदै सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको अवस्था हेर्न यस गणबाट निरन्तर रुपमा मोनेटरिंगको साथै अनुगमन निरीक्षण कार्य भईरहदा उनीहरुको मनोवल बढेको र जिम्मेवारी पूर्वक डिउटी निर्वाह गर्न सहज भएको प्रतिक्रिया दिए ।
सिमा क्षेत्रको दशगज्जामा प्रत्यक सय मिटरमा अस्थायी पोष्ट बनाइएको र एक आपसमा देख्ने गरी डिउटी बाँडिएकोमा सिमाबाट ओहरदोहर गर्ने कालो कारोवारीहरुलाई निकै अप्ठ्यारो भएपनि नेपाल क्षेत्रका जनताहरुलाई निकै सजिलो भएको छ । सिमा क्षेत्रमा हुने अपराधिक गतिविधिहरु पूर्ण रुपमा यतिवेला निरुत्साहित भएको छ भने जनताहरु पनि सशस्त्र प्रहरीलाई सुचना दिएर वा अन्य समाज सुधारमा सकारात्मक सहयोग पुर्याइरहदा उनले धन्यवाद समेत दिए ।


गत आर्थिक बर्षमा सशस्त्र प्रहरीको उपस्थिति भएपनि ५ करोड ३६ लाख मूल्य बराबरको समानहरु बरामद गरेर आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएका थिए भने चालु आर्थिक बर्षको ७ महिनामै साढे चार करोड भन्दा बढिको भन्सार छलीको सामानहरु बझाउदा गत बर्ष भन्दा बढि सिमामा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको हुँदा जनताहरुको अझ बढि सहयोग एवं समन्वय भएमा सिमा वारपारको कारोवारलाई पूर्ण रुपमा ध्वस्त बनाई भन्सार कार्यालयको राजस्वमा वृद्धि गराउने प्रतिबद्धता तराई टप संग कुरा गर्दै सशस्त्र प्रहरीको एसपी ओलीले जनाए ।
आफू ११ नम्वर गणमा सरुवा भएर आए देखि नै मातहतका विओपी एवं वेस क्याम्पमा रहेका युनिट प्रमुखहरुलाई अवाञ्छित कार्यलाई निरुत्साहित गर्न, कुनै प्रलोभनमा नपर्न यदी परेको पाइएमा विभागिय कारवाही भोग्न तयार रहन कडा चेतावनी दिएको र सिमा क्षेत्रमा वा अन्य स्थानमा विवादरहित डिउटी सशस्त्र प्रहरीको उद्देश्य अनुरुप निर्वाह गर्न निर्देशन दिएको नतिजा सवैको सामु रहेको छ, आउदो दिनहरुमा आ आफनो डिउटीलाई जिम्मेवारी पूर्वक निर्वाह गर्न उनले निर्देशन दिएको स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै