293
Shares
काठमाडौं । नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल संग नेपालको लागि नवनियुक्त भारतीय राजदूत नविन श्रीवास्तव विच भेटवार्त भएको छ । उक्त भेट वार्तामा नेपालमा भारतको सहयोग निरन्तर जारी रहने र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धी कुरामा जोड दिइयो ।
राजदूत श्रीवास्तवले बिहीबार पौडेल निवास बोहोराटारमा पुगेर भेटवार्ता गरेका हुन् । वरिष्ठ नेता पौडेलको निजी सचिवालयका अनुसार राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पौडेलसँग शिष्टाचार भेट गरेका हुन् ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको र वरिष्ठ नेता पौडेलले राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन