zoom meeting free download for window download zoom microsoft install zoom for every user zoom can't download start zoom meeting download incucyte zoom download download arm client zoom zoom for safari download

“आइएमई पे” एपको टप अपमा क्यासब्याक अफर

   १६ श्रावण २०७९, सोमबार १८:२१  

काठमाडौं, १६ साउन । “आइएमई पे” ले मोवाइल रिचार्जमा नयाँ अफरलाई अध्यावधिक गरेको घोषणा गरेको छ ।
आइएमई ग्रुपद्धारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” एपबाट मोवाईल रिचार्ज गरेमा नयाँ अफरलाई अध्यावधिक गर्दै ग्राहक समक्ष ल्याएको घोषणा गरिएको हो ।
आइएमई ग्रुपद्धारा जारी गरिएको विज्ञप्तीमा डिजिटल भुक्तानीका लागि ग्राहकहरुको मुख्य रोजाईमा पर्दै आएको “आइएमई पे” एपेले दैनिक रुपमा उपभोग्य सेवाहरुको भुक्तानीको साथै अन्य सम्पूर्ण भुक्तानी तथा रकम लेनदेनलाई सरल बनाउदै आएको छ । यसै सेवामा थप प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ “आइएमई पे” ले मोवाइल रिचार्जमा थप २ प्रतिशत क्यासब्याकको अफल समस्त उपभोक्ता समक्ष ल्याएको जानाइएको छ ।
“आइएमई पे” एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टप–अप गर्दा ५% क्यासब्याक पाउने सुविधा थियो । यसै अफरको साथै अब सेवाग्राहीहरुले “आइएमई पे” एपबाट कुनै पनि मोबाईल नम्बरमा टप–अप गर्दा २ प्रतिशत सम्म क्यासब्याक पनि पाउने छन् ।
यस क्यासब्याक अफरलाई अझ रमणिय बनाउन कम्पनीले एक जना भाग्यशाली बिजेतालाई यस अभियानको पहिलो महिनामा “वान प्लस टेन प्रा” स्मार्टफोन पनि उपलब्ध गराउने बताएका छन् । त्यसका लागि सेवाग्राहीले महिना भरी कम्तीमा रु ५० को १० टप–अप गर्नु पर्ने नियम तथा सर्त कम्पनीले राखेको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै