काठमाडौं, १६ साउन । रुपनदेही जिल्लाको बुटबल उपमहानगरपालिकाको बम घाट देखि पाल्पाको बसन्तपुर डाडा सम्म निर्माणाधिन लुम्बिनी केबलकार अगामी माघ महिना देखि संचालनमा आउने भएको छ ।
बुटबल उपमहानगरपालिका अन्तर्गत पर्ने बम घाट देखि पाल्पाको तिनाहुँ गाउँपालिकाको बसन्तपुर डाँडा सम्म पुग्नका लागि निर्माणाधिन केबलकार यसैबर्षको माघ महिना देखि संचालनमा आउने लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रकाश ढकालले जानकारी दिए ।
अध्यक्ष ढकालको अनुसार अगामी पुस महिना भित्र निर्माण कार्य सम्पन्न भई माघ १ गते देखि संचालनमा आउने दाबी गरे । करिव ३ किलोमिटर लामो केबलकारको यात्रा गरेपछि बसन्तपुर डाडामा पुग्दा सुविधा सम्पन्न होटल, रेष्टुरेन्ट, मनोरञ्जनात्मक पार्क तथा कलाकृतिले भरिएका प्राचिन सम्पदाको मन्दीरहरुको पर्यटकहरु अबलोकन गर्न सकिने छ ।
केबलकारको तल्लो स्टेशन सम्म पुग्ने करिव ४०० मिटर पहुँच मार्गको निर्माण कार्य सम्पन्न भईसकेको छ भने तल्लो स्टेशनको सव इस्ट्रक्चरको निर्माण कार्य करिव करिव सम्पन्न भई अन्तिम चरणमा पुगेको उनले भने । नौ वटा टावर मध्ये ८ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भएको छ भने बाँकी टावरको कार्य भईरहेका छन् ।
. माथिल्लो स्टेशनमा सव–इस्टक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरुको आयात गर्ने काम अगाडि बढाइएको छ । त्यसैगरी, माथिल्लो स्टेशनमा रहेको मन्दिर क्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँग–सँगै सम्पन्न गर्नुपर्ने भएकोले अहिले सम्म कार्यरत निर्माण कम्पनीलाई नै पुरानै शर्त बमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको उनले बताए ।
अध्यक्ष ढकालले माथिल्लो स्टेशनमा प्रस्तावित होटललाई अन्तराष्ट्रिय चेन–होटल सँग आबद्ध गराउन अन्तराष्ट्रिय परामर्शदाताहरु सँग छलफल भइरहेको जानकारी समेत दिए । उक्त केबल कारको २०७७ फागुन १ गते पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिलन्यास गरेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन