नेकपा एसमा प्रवेश गर्नेहरुको लहर तिव्र, एमाले, काँग्रेस, जसपा सहितका पार्टी परित्याग गरेर सयौं जना एसमा प्रवेश

911 Shares

रौतहट, १७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमै आमूल परिवर्तन ल्याउने पार्टी एकिकृत समाजवादी रहेको हुँदा अहिले यस पार्टी प्रति नेपाल जनताहरुको विश्वास बढ्दै गएको बताउनु भएको छ ।
नेकपा एस रौतहटद्धारा सदरमुकाम गौर स्थित रामजानकी धर्मशालामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै उनले उक्त कुरा बताउनु भएको हो । नेपालको आमूल परिवर्तनमा नेपाल कम्युनिष्ट पार्टीको भुमिका सराहनीय रहेको र उक्त पार्टीलाई आफूले इमान्दारी एवं निष्ठाको साथ निर्वाह गर्दैै अघि बढेको जिकिर गर्दै व्यक्तिद्धारा पार्टीलाई बदनाम एवं सत्ताको दम्भ देखाएर तहसनहस बनाउदा आफू सहितका बहुँसंख्यकहरु नयाँ पार्टीको रुपमा एकिकृत समाजवादी स्थापना गरे लगतै नेपाली जनताहरुको असिम विश्वास र भरोसा बढ्दै गएकोमा खुशी व्यक्त गरे ।
दुई दिन अघि डोटीमा जाँदा त्यहाँका जनताहरु यस पार्टी प्रति अभिरुची राख्दै ९० बर्ष देखि लिएर २० बर्षका युवाहरु धमाधम एमाले परित्याग गरेर एसमा प्रवेश गरेको लहर देख्दा डोटीमा एमालेको पत्ता साफ भएको बताउदै सोही अवस्था रौतहटमा पनि विस्तारै एमालेको पनि पत्ता साफ हुने अवस्थामा पुगेको स्पष्ट पारे ।
विकसित मुलुककोे दाँजोमा नेपाललाई पुर्याउने सोचको साथ एकिकृत समाजवादी पार्टीको स्थापना भएको छ । यही पार्टीले जनताहरुको विश्वास हाँसिल गरेर उनीहरुको अधिकारलाई सुनिश्चित पार्दै सुखी र समृद्ध बनाउने हामी दृद्ध संकल्पित रहेको अध्यक्ष नेपालले बताए ।
रौतहटको गौर सहित विभिन्न पालिकामा टाउन हल, विवाह भवन, सडक, नाला लगायत विभिन्न योजनाहरु करोडौंको लागतमा शहरी विकास मन्त्रालय अन्तर्गतको परियोजनाबाट निर्माण हुने कार्यको शिलान्यास गर्दा केही विरोधी तत्वहरुको विरोध प्रदर्शनबाट आफूलाई कुनै असर नपर्ने स्पष्ट पारे । विरोध गर्नेहरुलाई साफ शब्दमा चेतावनी दिदै पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेपालले “बाँदर आफनो घर कहिल्यै बनाउदैनन, अरुको घर पनि सुरक्षित रहन दिदैनन्” भने । विकास निर्माणको कार्यमा कसै संग पनि सम्झौता गर्न सकिदैनन्, विकास प्रेमिहरु विकासबाट नडराई, विकास गर्नेलाई साथ दिई जनताको भरोसा जित्नुपर्ने जिकिर गरे ।
यो देशमा पुष्पलाल र विपी कोइरालाले बनाएको समाजवाद उन्मुख प्रजातान्त्रिक व्यवस्थालाई कायम गराइएको छ । २०६२÷२०६३ को जनआन्दोलनमा नेकाका गिरीजाप्रसाद कोइराला र माधवकुमार नेपालको अथक प्रयासबाट आन्दोलन सार्थक भएको स्पष्ट पार्दै अहिले आएर ठूलो पार्टीको ठूलो नेता भएको दम्भ देखाउनेको अवस्था आउदो निर्वाचनमा अवस्था के होला ? आउने समयमा जनताले देखाउने छ उनले भने ।
“महिलाहरुको हक अधिकारलाई सुनिश्चिता, दलित, मुस्लिम, आदिवासी जनजातीहरुको अधिकारलाई सु सम्पन्न बनाउने अभिभारा हाम्रो काँधमा आएको बताए” । “रौतहट जिल्लाको म धर्तीपूत्र हुँ, मलाई गर्व छ म रौतहको छु, यहाँको समग्र विकासको लागि कुनै कसर बाँकी नराख्ने, चाहे जुन सुकै क्षेत्र किन नहोस” । रौतहटका जनताहरु स्थानीय तहको निर्वाचनमा नेकपा एसलाई राम्ररी पत्याएर ४ स्थानीय तहमा विजयी गराउनु नै सुखद संदेश दिएको हुँदा आउन लागेको संसदीय निर्वाचन र प्रदेशको निर्वाचनमा कलम छापमा मतदान गरेर पार्टीलाई झन् उचाईमा पुर्याउन आह्वान गरे ।
गौरका चर्चित डाक्टर सोहेल तैयव सहित नेकपा एमाले, नेपाली काँग्रेस, जसपा, लोसपा, माओवादी केन्द्र परित्याग गरेर आएका ८०० जना नेता एवं कार्यकर्ताहरुलाई एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फुल माला, अविर लगाएर पार्टीमा स्वागत गर्दै पार्टी प्रति बफादार बनेर संगठनको विस्तारमा लाग्नुपर्ने निर्देशन दिए ।
सो कार्यक्रममा कल्याणी खड्का, रामकुमार भटराई, डा. बंशीधर मिश्र, गौर नगरपालिकाको मेयर शम्भु साह, जेष्ठ नागरिक संघका अध्यक्ष विजयकिशोर झा लगायतका पार्टीका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार