तनहुँ । भारत सरकारको आर्थिक अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिंग गाउँपालिकामा रहेको दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उदघाटन गरिएको छ । भारतले नेपालमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका इन्फ्रास्ट्रक्चर जस्ता क्षेत्रमा आर्थिक अनुदान दिई सहयागी हात बढाएका छन् ।
भारत सरकारको अनुदान सहयोगमा बनेको तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका प्रथम सचिव डा। साहिल कुमार र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले भारत सरकारको अनुदान सहयोगमा बनेको उक्त विद्यालय भवनको आज उद्घाटन गरेका हुन् ।
भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड १ लाख ९० हजारको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा उक्त भवनको निर्माण भएको नेपालस्थित् भारतीय दूतावासले जनाएको छ ।
उक्त परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक भएको पनि दूतावासले जनाएको छ ।
सन् १९७५ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको उक्त विद्यालय सन् २००० मा माध्यमिक विद्यालयको रुपमा स्तरोन्नत भएको हो । उक्त विद्यालयमा १८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ,। जसमध्ये ६० प्रतिशत छात्रा छन् ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये तनहुँ जिल्लाका ६ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेको पनि भारतीय दूतावासले जनाएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन