download zoom for pc for free zoom free download windows 11 zoom fleet app download c3000 zoom download zoom download requirements

प्रजातन्त्र दिवशमा अनेरास्ववियुद्धारा गौरमा रक्तदान कार्यक्रम

   ७ फाल्गुन २०७७, शुक्रबार १६:३१  

रौतहट, ७ फागुन । प्रजातन्त्र दिवशको उपलक्ष्यमा नेकपा ओली समुह निकट रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनद्धारा रौतहट सदरमुकाम गौरमा खुला रक्तदान कार्यक्रमको आयोजना गरियो ।
प्रजातन्त्र दिवशको अवसर पारेर गौर स्थित गौरीशंकर यादव रौतहट क्याम्पसमा अनेरास्ववियुद्धारा आयोजना गरिएको रक्तदान कार्यक्रममा उत्साहका साथ युवाहरु भाग लिएर रगत दान गरेको हो । अनेरास्ववियु रौतहटको आयोजित उक्त कार्यक्रममा नेकपा ओली समुहको केन्द्रीय सदस्य श्रीमती रेखा झाले प्रजातन्त्रका लागि आहुति दिने सम्पूर्ण ज्ञात अज्ञात सपुतहरुको बलिदानी दिएको चर्चा गर्दै पुन ः मुलुकमा देखा परेको विभिन्न संकटहरुलाई समाधान गर्न तथा लोकतन्त्रलाई बलियो बनाउनका निमित्त युवा पिढिलाई सक्रियताका साथ अघि बढ्नुपर्ने बताए ।


अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य रबी मिश्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफनै पार्टीका नेताहरुद्धारा बारम्वार असहयोग गर्ने गरेको हुँदा प्रतिनिधि सभा विघटन गरी नयाँ जनादेशमा जाने निर्णयलाई चुनावबाट भाग्नेहरुको हरुवा मानसिकताबाट ग्रसित नेताहरु चुनावमा जान खुटा कमाईरहेको आरोप लगाए ।
विद्यार्थी नेता विजय साह बानियाको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा ३० जना भन्दा बढिले रक्तदान गरेको आयोजक समितिले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै