सशस्त्र प्रहरीले पर्साको बहादुरमाई नपबाट ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरे

582 Shares

पर्सा, २० साउन । सशस्त्र प्रहरीले पर्सा जिल्लाको बहादुरमाई नगरपालिका ७ छपकैयाबाट ठूलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपालको १३ नम्वर गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले बहादुरमाई नगरपालिका वडा नम्वर ७ विश्राम्पुरको छपकैया स्थित बालनिकेतन ईगलिश बाडिंग स्कुलको पुरानो भवनको पछाडी हरियो घाँस र कर्कलोले छोपिएको अवस्थामा शुक्रवार साँझ ६.३० बजेको समयमा ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरिएको हो ।
बरामद गरिएको प्रतिबन्धित २४० किलोग्राम गाँजा बरामद गर्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका सूचना अधिकारी सन्तोष बहादुर बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । बरामद भएका प्रतिबन्धित गाँजालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी पर्सालाई बुझाएको उक्त विज्ञप्तिमा उल्लेख छ ।
यसै विच सशस्त्र प्रहरी मधेश प्रदेश मुख्यालय छिन्नमस्ता बाहिनीका डिआईजी गणेशबहादुर ठाडा मगरले अपराध नियन्त्रण देखि लिएर सिमाबाट हुने अवाञ्छित कार्य सहितका विभिन्न कार्यमा सशस्त्र प्रहरी सफलतापूर्वक काम गरिरहदा खुशी व्यक्त गरे । विभागिय नीति निर्देशन एवं जनचाहना अनुरुप सशस्त्र प्रहरी निरन्तर रुपमा सकारात्मक कार्य गर्दै अघि बढिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार