इस्लामावाद । चिनियाँ हिमायती रहेका श्रीलंकाको अवस्था वारे सबैलाई थाहा भइसकेको छ । श्रीलंकालाई शोषण, दोहन, समुद्री बन्दरगाहलाई एक सय बर्ष सम्म लिजमा लगायतका बहुमूल्य सम्पतीहरु लिएर श्रीलंकालाई कंगाल बनाएपछि अहिले त्यहाँ चरम आर्थिक संकटको सामना जनताहरुलाई गर्नुपरेको छ ठिक त्यस्तै आवस्था पाकिस्तनमा सृजना भईरहेको भएपनि त्याँका सरकार चलाउनेहरुलाई कुनै मतलब नै छ्रैनन् जे सुकै होस ।
श्रीलंकापछि अब पाकिस्तानको अर्थव्यवस्था पनि संकटमा देखिनथालेको छ। पाकिस्तानको विदेशी मुद्रा भण्डार घटेर 10 अरब डलर पुगेको छ। पाकिस्तानी रूपियाँको तीव्र अवमूल्यन भएकोले एक डलरको दर 240 पाकिस्तानी रूपियाँ पुगेको छ।
पाकिस्तानी विदेशी ऋण र विशेषगरी चीनको जालमा यस प्रकार फंसेको छ कि उसलाई विश्वभरि हात फैलाउनु परेको छ। पाकिस्तानको पूरा वित्तीय व्यवस्था धरमराईरहेको छ। पछिल्ला दिनमा पाकिस्तानका मन्त्री एहसान इकबालले एक संसदीय समिति सामू देशको विदेश मुद्रा भण्डार तीव्र गतिमा घटिरहेको स्वीकार गरे।
गत एक वर्षमा पाकिस्तानले लगभग 10 अरब डलरभन्दा अधिकको विदेशी मुद्रा भण्डार गुमाएको छ। यसैले गर्दा 2022 मा पाकिस्तानको विदेशी मुद्रा भण्डार केवल 9 अरब डलर नै बचेको छ। पाकिस्तानको विदेशी मुद्रा भण्डार नै कम भएको छैन त पाकिस्तानमाथि ऋण पनि लगातार बढ्दै गईऱहेछ।
स्टेट ब्याङ्क अफ पाकिस्तान (एसबीपी) का कार्यकारी गवर्नर मुर्तजा सैयदले एक कार्यक्रममा भने, ‘पाकिस्तानमाथि यस समय जीडीपीको 70 प्रतिशत ऋण बाकी छ। पाकिस्तान सरकारले आफ्नो राजस्वको 40 प्रतिशत हिस्सा ब्याज तिर्नमा खर्च गर्दछ’।
पाकिस्तानी इकोनोमिक एडवाइजरी फोरम अनुसार, पाकिस्तानमाथि 2021 मा जुन ऋण 85.57 अरब डलरको थियो, त्यो अब एक वर्षभित्र बढ़ेर 128.79 अरब डलर पुगेको छ। यस समय पाकिस्तानलाई एक डलर किन्नका लागि 240 रूपियाँ खर्च गर्न परिरहेको छ जबकि गत साल पाकिस्तानलाई एक डलर किन्नका लागि 149 रूपियाँ नै खर्च गर्नुपर्थ्यो।