download zoom meeting for windows 10 zoom q2n 4k windows 10 installation download zoom app for free on pc - download zoom app for free on pc microsoft zoom free download awp fast zoom cfg download download zoom for win 10

विभिन्न पार्टी परित्याग गरेर सयौं कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश

   ७ फाल्गुन २०७७, शुक्रबार १६:४९  

तराई टप संवाददाता
रौतहट ७ फागुन । विभिन्न पार्टी परित्याग गरेर शुक्रवार नेपाली काँग्रेसमा सयौं कार्यकर्ताहरु प्रवेश गरेको छ ।
रौतहटको गढीमाइ नगरपालिकामा नेपाल काँग्रेसद्धारा आज आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर नेपाली काग्रेसमा प्रबेश गरेको हो । गढीमाइ नगरपालिकाको वडा नम्बर ३ को आयोजनामा नेपाली काग्रेसका केन्द्रिय उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा पार्टी प्रबेश कार्यक्रममा सयौं संख्यामा जनता समाजवादी पार्टी र नेकपाका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रबेश गरेको बताइएको छ ।
नव प्रबेशीहरुलाई नेपाली काग्रेसका केन्द्रिय उपसभापति विमलेन्द्र निधि र रौतहट जिल्ला सभापति कृष्ण प्रसाद यादव तथा प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमिल्सिना लगायतले संयुक्त रुपमा माला र टीका लगाई पार्टी प्रवेश गराउनु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै