रौतहट, २२ साउन । नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र गौर शाखाको प्रमुखमा जिल्लावासी आएपछि झन् यहाँका उपभोक्ताहरु सास्ती खेप्दै आएका छन् ।
वितरण केन्द्र गौरको प्रमुखमा रौतहट जिल्ला माधवनारायण स्थायी ठेगाना भएका विजय महतो आएपछि यहाँका उपभोक्ताहरुलाई राहत पाउनुको सटा झन् सास्तीको सामना गर्नु परेका हुन् । कहिले चुहावट नियन्त्रणको नाममा मापदण्ड विपरित दण्डजरिवाना गरेर आम नागरिकको ढाड सेक्ने काम गर्दै आएको छ ।
ग्रामिण भेगमा मध्य रातिमा गएर चेकजाँच गर्ने बहानामा डाका शैलीमा घरको ढोका फुटालेर घरमुलीलाई नाँगै अवस्थामा समातेर ल्याउने अधिकार वितरण केन्द्र प्रमुखलाई कसले दियो ? प्रश्न उठ्नु स्वभाविकै हो । विद्युत सेवा लिने उपभोक्ताले हुकिंग गरेर विद्युत चोरेको छ भने अहिले स्थानीय तह रहेको अवस्थामा जनप्रतिनिधिलाई राखेर मुचुल्का उठाएर विद्युत चुहावट ऐन अनुसार कारवाही गर्नुपर्नेमा मध्य राति ढोका फुटाएर खाँटमा श्रीमती संग सुतिरहेको अवस्थामा नाँगै ग्राहकलाई समातेर ल्याउने कुन कानुनले दियो वितरण केन्द्र प्रमुखलाई अहिले उपभोक्ताहरु प्राधिकरण माथि प्रश्न चिन्ह खडा गरेका छन् ।
जघन्य अपराध गरेका व्यक्तिलाई रातिको समयमा घर छापामारेर समात्नुपर्ने अवस्था बाहेक अन्य परिवेशमा रातिमा घरको ढोका फुटाउनु अपराधिक गतिविधि भित्र पर्छ वितरण केन्द्र प्रमुख महतोलाई थाहा छैन ? पिडितहरुले उनी माथि गम्भीर प्रश्न खडा गरेको छ । चुहावट नियन्त्रण गर्न मध्य रातिमा सशस्त्र र नेपाल प्रहरीको आडमा डाँका शैली अपनाउदै प्राधिकरणको उक्त कार्य जघन्य अपराधिक कार्य भित्र पर्ने भएको हुँदा सम्बन्धित निकाय ध्यान नदिदा कुनै दिन दुर्घटनाको शिकार सक्ने आशंका स्थानीयहरुले व्यक्त गरे ।
हुकिंग गर्ने ग्राहकलाई समात्दा जरिवाना गर्ने मापदण्ड छ तर उक्त मापदण्डलाई वेवास्ता गर्दै ३० हजार देखि ८० हजार सम्म जरिवाना गरेर उपभोक्ता माझ वितरण केन्द्र प्रमुख वदान हुँदै गएको छ ।
एका तिर ग्राहकले चुहावट गरिरहदा रातिको समयमा ढोका फुटाएर मान्छे समात्ने तर प्राधिकरणकै कर्मचारीले मिटरको सिल फुटाएर विद्युत चुहावट गर्नेलाई कहिले पनि चेक जाँच गरेको छ वितरण केन्द्र प्रमुखले प्रश्न उठ्नु स्वभाविकै हो । वितरण केन्द्र गौरमा कार्यरत केही कर्मचारीको घरमा मिटरको अवस्था हेर्नुपर्ने तर नाम कमाउने, पुरस्कार पाउने वहानामा ग्राहकको ढाँड सेक्ने वितरण केन्द्र प्रमुखलाई के भन्नु हुन्छ वितरण केन्द्र गौरका एक कर्मचारीले बताए ।
त्यती मात्रै नभई मर्मतको नाममा, बुस कटिंगको नाममा, ट्रान्सफर्मर जडानमा, नयाँ पोल तार जडान, ग्रामिण विद्युतिकरण र जिन्सी सामग्री खरिदमा अकुत रकम कुमल्उने वितरण केन्द्र प्रमुख महतो चोखो बन्दै हिडेको ति कर्मचारीले नाम नबताउने शर्तमा जानकारी दिए । यहाँ सम्मकी वितरण केन्द्र प्रमुख महतोले कर्मचारी कर्मचारी विच जातिगत भेदभाव गर्दै आउदा सोको शिकार आम ग्राहकहरु भईरहेको गम्भीर आरोप उनले लगाए ।
यस विषयमा प्राधिकरण गौरका प्रमुख विजय महतो संग सम्पर्क गर्दा मोवाइलमा कुरा गर्न नसकिने, कार्यालयमै आएर कुरा गरौं उनले भने । कार्यालयमा भेट्न जाँदा उहाँ कार्यालय बाहिर गएको कर्मचारीद्धारा थाहा भएपछि फर्किन बाध्य भए ।