बीआआई परियोजना हो कि चिनियाँ विस्तारवाद हो भन्ने बिषयक अन्तरक्रिया कार्यक्रम काठमाडौमा सम्पन्न

391 Shares

काठमाडौं, २२ साउन । बीआरआई विकास परियोजना हो कि चिनियाँ विस्तावद हो बिषयमा राष्ट्रिय एकता अभियानले शनिवार संघिय राजधानी काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरे । काठमाडौंको नयाँ बानेश्व्र स्थित अल्फा हाउसमा आयोजित अन्तरक्रिया कार्यक्रममा चीनको अति महत्वाकाँक्षी परियोजना बीआरआईको सन्दर्भमा अन्तरक्रियामा उपस्थित भएका व्यक्तिहरुले उक्त आयोजनाहरुका विषयमा खुलेर आ आफना धारणाहरु राखेका थिए ।
अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको अध्यक्षता मधेसी आयोगकी सदस्य रेणुदेवी साहको प्रमुख आतिथ्यमा आयोजित सो गोष्ठीमा बुद्ध छिरिङ मोक्तान, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य विनोद गुरुङ, जनता समाजवादी पार्टीका नेता कमल यादव, अधिवक्ता किरण पौडेल, अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साहलगायतले विआरआई नेपालका लागि घातक हुने धारणा राखेको थियो।
कार्यक्रममा बोल्दै अभियानका अध्यक्ष यादवले बीआरआई नेपालीको लागि फाइदा जनक नरहेकै कारण सरकारले त्यस सम्बन्धी सम्झौता गोप्य राखेको बताए । नेपाल–चीन दुई देशबीच भएको बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआई सम्झौता नेपाललाई ऋणमा डुबाउने चीनको कुटिल चाल मात्रै भएको बताए।
के हो बीआरआई ?
सन् २०१३ मा सि जिनफिङ चीन राष्ट्रपति भएपछि उनको नेतृत्वको सरकारले विश्व विकास रणनीतिको निम्ति बेल्ट एण्ड रोड इनिसिएटिभ अवधारणा प्रस्तुत गरेको थियो । २००० वर्ष अघिको ऐतिहासिक रेश्मी मार्गलाई वर्तमान यूगको विचार, प्रविधि, र सांस्कृतिक आवश्यक्ता संग मेल खाने गरी उच्च तहमा विकास गर्ने, सम्बन्धित राष्ट्रहरू एकसाथ विकास, सहअस्तित्व र सांस्कृतिक उत्थानमा सहभागी हुने महत्त्वाकांक्षी परियोजना हो, बीआरआई ।
खास गरी आधुनिक सडक, रेल, जल र हवाई यातायात, सञ्चार, ऊर्जा, लगायत पूर्वाधार क्षेत्रको विकास, आपसी व्यापार, लगानी र सांस्कृतिक उत्थानका विषयहरू बीआरआईले समेटेको छ । यस अन्तर्गत विश्वको कुल ३० प्रतिशत जिडिपी, ६२ प्रतिशत जनसङ्ख्या र ७५ प्रतिशत पहिचान भएको ऊर्जाको श्रोत रहेको छ । सम्बन्धित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूले एकसाथ काम गरेर सन् २०४९ सम्म परियोजना सम्पन्न गर्ने लक्ष रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार