राजेश झा अहिराज प्रदेश प्रमुखमा नियुक्त

   ७ फाल्गुन २०७७, शुक्रबार १७:०१  

रौतहट, ७ फागुन । नेपाल सरकारको मन्त्री परिषद्को सिफारीसमा डा. राजेश झा (अहिराज) लाई शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्वर २ का प्रमुख मा नियुक्त गरेको छ ।
प्रदेश नम्वर २ को प्रमुखमा रहेका तिलक परियारलाई हटाएर डा. झालाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको हो ।
रौतहट को गढीमाइ नगरपालिका वडा नम्वर ३ सुन्दरपुर घर भएका डा. झा मधेशवाणी पत्रिकाको सम्पादक रहनु हुँदै उनले मधेशवादमा त्रिभुवन विश्वविद्यालयबाट विद्याबारिधी गर्नु भएको छ ।
उहाँ मधेशवादको प्रखर वक्ताको रुपमा आफनो पहिचान नेपाल सहित विश्वमा स्थापित गरिसकेको व्यक्तिहरु हुन् । प्रदेश नम्वर २ प्रमुख पदमा नियुक्त हुनु भएकोमा मध्य तराई मिडिया प्रालीद्धारा संचालित तराई टप अनलाइन खवरले उनको कार्यकार्य जनता प्रति समर्पित भई पूर्ण सफलताको कामना गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै