रौतहट, ७ फागुन । प्रजातन्त्र दिवशको अवसरमा सरकारी तथा निजी क्षेत्रद्धारा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटको प्रजातन्त्र दिवस मुल समारोह समितिद्धारा आयोजित कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा सरकारी कर्मचारीहरु विहानै नेपाली झण्डा बोकेर ¥यालीमा सहभागी भए ।
¥यालि पश्चात गौर नगरपालिकाका मेयर अजय गुप्ता, प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव तथा जिल्ला समन्वय समिति रौतहटका सभापति रामएकवाल यादवले प्रजातन्त्रका लागी प्राण उत्सर्ग गरेका विर शहिदहरु प्रति सम्मान तथा श्रद्धान्जली व्यक्त गर्दै नेपाली जनताहरु विभिन्न काल खण्डमा पटक पटक गर्दै आउनु परेको आन्दोलनबाट चाँडै नेपाली जनताहरुले मुक्ति पाउनु पर्ने विश्वास व्यक्त गरेका थिए ।
निजी विद्यालय छाता सँगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल रौतहट प्याबसनद्धारा भव्यताका साथ ७१ औं प्रजातन्त्र दिवस मनाएको छ । सदरमुकाम गौरको राईस मिलबाट बिहान शुरु भएको प्रभात फेरी विपी चोक हुदै भन्सार कार्यालय सम्म पुगेर पुनः राइसमिलमा फर्किएको थियो । गौरमा प्याबसन सँग आवद्ध रहेका ११ निजी विद्यालयहरु सहभागी भएको सो ¥यालीमा विभिन्न भेषभुषा सहितको झाँकी समेत प्रदर्शन गरिएको थियो ।
यसैगरी प्रजातन्त्र दिवशको अवसर पारेर गौर स्थित गौरीशंकर यादव रौतहट क्याम्पसमा अनेरास्ववियुद्धारा आयोजना गरिएको रक्तदान कार्यक्रममा उत्साहका साथ युवाहरु भाग लिएर रगत दान गरे । अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य रबी मिश्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफनै पार्टीका नेताहरुद्धारा बारम्वार असहयोग गर्ने गरेको हुँदा प्रतिनिधि सभा विघटन गरी नयाँ जनादेशमा जाने निर्णयलाई चुनावबाट भाग्नेहरुको हरुवा मानसिकताबाट ग्रसित नेताहरु चुनावमा जान खुटा कमाईरहेको आरोप लगाए ।