अस्पताल भवनको विषयलाई लिएर स्थानीयद्धारा वृन्दावन नगरपालिका घेराउ गर्दै मेयर विरुद्ध प्रदर्शन

397 Shares

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म घेराउ गर्दै नगरप्रमुख विरुद्ध चर्का नाराबाजी गरेका छन् ।
वृन्दावन नगरपालिका वडा नम्वर ४ हर्दिया पल्टुवा गाउँमा जग्गा एकिन गरेर आवश्यक सबै प्रक्रिया पुरा गरी १५ सैयाको अस्पताल भवन बनाउनका निमित्त २०७८ माघ २१ गते टेण्डर आह्वान गरिएका थिए । २५ करोड ३५ लाख कूल बजेट भएको उक्त अस्पताल भवन बनाउन समानान्तर÷रेलिग्रे जेभी कुपन्डोल ललितपुरले २४ करोड ३२ लाख ९६ हजार ८५८ रुपैया ३७ पैसामा भ्याट सहित ठेक्का सकार गरेको थियो ।
वृन्दावन नगरपालिकाको कार्यालय विश्राम्पुर रौतहटले गत बैशाख २३ गते राष्ट्रिय दैनिक पत्रिकामा आशयपत्रको सूचना प्रकाशित गरका थिए । सूचना प्रकाशित भएको मितिले सात दिन पछि ठेक्का सकार गर्ने निर्माण कम्पनीले आधिकारी रुपमा उपस्थित भई सम्झौता गर्नुपर्ने थिए तर वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको हुँदा मतगणना पछि सम्झौता गरिने बताइएको थियो ।

स्थानीय तहको मनोमानी, स्थानीयद्धारा इन्कार, विधि सम्मत भएको ठेक्कालाई पल्टाई आफू पायक पर्ने स्थानमा बनाउने दाउका कारण वृन्दावन नगरपालिकाको कार्यालय तनावग्रस्त


नगरप्रमुखमा नेकपा एसका उम्मेदवार विनोद प्रसाद कुर्मी विजयी भएपछि उनले ठेक्का सम्झौता गर्न इमान्दारिता देखाएन । उनले आन्तरिक रुपमा उक्त स्थानबाट अस्पताल भवनलाई अन्यत्र सार्ने दाउमा तल्लिन भए तर स्थानीय बासिन्दाहरु तत्कालै ठेक्का सम्झौता गरेर निर्माण प्रक्रियालाई अगाडी बढाउने मौखिक रुपमा नगरप्रमुख कुर्मी र प्रमुख प्रशासकीय अधिकृत खिमलाल भुजेललाई भनिरहदा पनि अटेर गर्दै आएपछि साउन १७ गते अस्पताल भवन अविलम्ब यथास्थानमा बन्नुपर्ने माग राख्दै सयौं स्थानीयहरुले ज्ञापन पत्र नगरपालिकामा बुझाए तर नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले लिन मानेन ।
स्थानीयहरुले साउन २३ गते भित्र सम्म टुंगो लगाउन अल्टिमेटम दिएपछि ज्ञापन पत्र बुझाएकै दिन अर्थात साउन १७ गते नगरप्रमुख कुर्मीले नगरबोर्डको बैठकबाट समस्या समाधान गर्नुको साटो ठेक्का रद्द गरेर स्थान परिवर्तन गर्ने निर्णय गर्दा स्थानीय बासिन्दाहरु आक्रोशित भई आज देखि नगरपालिकाको कार्यालय घेराउ कार्यक्रम सुरु गर्नुपरेको वडा नम्वर ४ का वडाध्यक्ष श्यामविहारी यादवले गुनासो गरे ।
सयौं स्थानीयहरु प्रदर्शन गरिरहदा पनि नगरप्रमुख कुर्मीलाई कुनै वास्ता नगर्दा आन्दोलनको कार्यक्रम आजबाट सुरु भएको जव सम्म ठेक्का सम्झौता र निर्माण कार्य यथास्थानमा हुँदैन तव सम्म प्रदर्शन जारी रहने उनले चेतावनी दिए ।
यसैविच निर्वतमान मेयर रामस्नेही यादवले स्थानीय जनताहरुको स्वास्थ्यको ख्याल राख्दै उपलब्ध गराइएको जग्गामा स्वाल परिक्षण, डिपिआर गराएपछि टेण्डर आह्वान भए । सोही अनुरुप काठमाडौंको निर्माण कम्पनीले ठेक्का पनि सकार गरे । आशयपत्रको सूचना समेत प्रकाशित भयो तर नवनिर्वाचित मेयर कुर्मीले अनावश्यक बखेडा गरेको गम्भीर आरोप लगाए । राम्रो कामलाई राम्रो भन्नुपर्नेमा आफनो घर नजिक अस्पताल बनाउनुपर्ने ढिपी राख्दै विकास निर्माण एवं नगरवासीको स्वास्थ्य संग खेलवाड गरिरहेको हुँदा सोको परिणाम गम्भीर हुने चेतावनी दिए ।
माओवादीको टिकटबाट वृन्दावन नगरपालिकाको मेयरमा चुनाव लडेका रामप्रसाद पटेलले प्राविधिक प्रस्ताव र आर्थिक प्रस्ताव स्वीकृत भई आशयपत्रको सूचना प्रकाशित भईसकेको अवस्थामा अहिलेको मेयरलाई ठेक्का रद्द गर्ने र स्थान परिवर्तनको कुरा गरेर नगरमा दम्भ प्रस्तुत गरेको गम्भीर आरोप लगाए । यथास्थानमा अस्पताल भवन बन्नु पर्ने भन्दै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल संग पनि कुरा गर्दा उनले म विचार गर्छु तर जनता संग राजनीतिक प्रतिशोध साध्न स्थान परिवर्तन गर्दा यहाँको अवस्था धेरै भयाभय हुने उनले चेतावनी दिए ।
मेयरमा कुर्मी निर्वाचित भएपछि विना प्रहरीको नगरपालिकाको कार्यालयमा नआएको कार्यालयको सबै कागजातहरु हर्षाहा मावीमा राखेर अबैध रुपमा नगरपालिका संचालन गराउदै आएको गम्भीर आरोप उनले लगाए ।
यस विषयमा नगर प्रमुख विनाद प्रसाद कुर्मी र प्रमुख प्रशासकीय अधिकृत खिमलाल भुजेल संग सम्पर्क गर्दा उनीहरु सम्पर्क हुन सकेनन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।