गौर नगरमा साइकल दौड प्रतियोगिता सम्पन्न

रौतहट, ७ फागुन । ७१ औं प्रजातन्त्र दिवशको अवसरमा गौर नगरपालिकाद्धारा साइकल दौड प्रतियोगिताको आयोजना गरी महिला एवं किशोरीहरुको हौसला बढाएको छ ।
गौर नगरपालिकाद्धारा आयोजित नगर स्तरीय महिला साईकल दौँड प्रतियोगिताको आयोजना गरी महिला क्षेत्रमा सकारात्मक कदल चालेको हो । आज आयोजना गरएको साईकल दौड बीपी चौकबाट सुरु भएर असलम पेट्रोपम्पको परिक्रमा गर्दै पुनः बीपी चौक पुगेको सम्पन्न भएका थिए ।
साइकल दौंडमा गौर नगरपालिका वडा नम्बर ४ की रौशनि कुमारी प्रथम स्थान हासिल गर्दा उनलाई एउटा साइकल र नगद रु. १० हजार पुरस्कार स्वरुप दिएको छ । दोस्रो स्थानमा मिथिलेश कुमारी यादवलाई रु. ७ हजार ३ सय रुपैयाँ नगदसहित एक साइकल दिएको छ, भने तेस्रो स्थान प्राप्त गरेकी अञ्जल कुमारी साहलाई नगद पाँच हजार सहित एउटा साइकल प्रदान गरिएको गौर नगरपालिकाले जनाएको छ ।
महिला दौड साइकल प्रतियोगितामा सहभागी रहेका अन्य १० जनालाई सहभागी भएकी महिलालाई प्रोत्साहन स्वरुप एक एक थान साइकल वितरण गरिएको गौर नपाको उप प्रमुख किरण ठाकुरले बताइन ।