कोलम्बो । श्रीलंकाको एक जना प्राध्यापकले आध्यात्मिक नेताहरूमध्ये का दलाई लामा प्रजातन्त्र र स्वतन्त्रता आफ्नो देशको लागि मात्र नभई विश्वको लागि वकालत गर्ने प्रतिमा एवं प्रजातान्त्रिक व्यक्तिको रुपमा स्थापित भएको बताएका छन् ।
लामाको ८७ औं जन्मदिनमा बौद्ध र श्रीलंकाको पाली विश्वविद्यालयका प्राध्यापक लेनागाला सिरिनिवासले दलाइ लामा संसारमा सकारात्मक परिवर्तन देख्न चाहने सबैका लागि एक आदर्श उदाहरण भएको बताएका हुन् ।
दलाइ लामाले चिनियाँ आक्रामकताका कारण ७० लाखभन्दा बढी तिब्बती बौद्धहरूको आध्यात्मिक नेताको भूमिका त्यागे र ६० वर्षदेखि निर्वासन जीवन बिताइरहेको उनले बताए ।
सिरिनिवासले दलाइ लामासँग पृथ्वीमा ईश्वरीय उपस्थितिको अतुलनीय विशेषताहरू रहेको बताएका छन् । जस्तै धैर्य गुमाउनु हुँदैन, हास्यको भावना, परोपकारी झुकाव, सरल बालस्वभाव र विश्वव्यापी र राष्ट्रिय प्रतिबद्धताहरू हासिल गर्न अथक परिश्रम उनमा रहेको प्राध्यापकको भनाइ छ ।
आफ्नो निर्वासनमा उनले हासिल गरेका उपलब्धिहरू रेकर्ड गर्न कयौं पृष्ठ भरिने उनले बताएका छन् ।
उनले क्याम्ब्रिज युनियनको गोष्ठीमा आफ्नो सम्बोधनमा दलाई लामाको सरल स्वभाव प्रष्ट भएको उल्लेख गर्दै विश्वका राजधानीमा भएका उनको व्याख्यान र प्रवचनमा सहमानव मानव जातिप्रतिको दृष्टिकोण र समसामयिक विश्वप्रतिको दृष्टिकोण प्रस्टै देखिने गरेको बताए ।
चरम आक्रामकताको समयमा पनि दलाई लामाले अहिंसाको नीतिको वकालत गर्दै आएका छन् । आध्यात्मिक नेताले शान्ति, अहिंसा, विश्वव्यापी जिम्मेवारी र करुणा एवं अन्तर धार्मिक समझदारीको सन्देशका लागि सन् १९५९ यता ८४ भन्दा बढी पुरस्कार र मानार्थ डॉक्टरेट प्राप्त गरेका छन् ।
आध्यात्मिक नेता दलाइ लामाको जीवनमा तीनवटा मुख्य प्रतिबद्धताहरू छन् । पहिलोमा करुणा, क्षमा, सहिष्णुता, सन्तुष्टि र आत्म अनुशासन जस्ता मानवीय मूल्यहरूको प्रवर्द्धन समावेश रहेको सिरनिवासलाई उद्धृत गर्दै डेली मिररले उल्लेख गरेको छ ।
दोस्रोमा विश्वका प्रमुख धार्मिक परम्पराहरूबीच धार्मिक सद्भाव र समझदारीलाई प्रवर्द्धन गर्नेु समावेश रहेको उनले बताएका छन् ।
श्रीलंकाली प्राध्यापकले तिब्बती दलाइ लामाको तेस्रो प्रतिबद्धता तिब्बतको बौद्ध संस्कृतिलाई शान्ति र अहिंसाको संस्कृतिका रूपमा संरक्षण गर्ने र तिब्बतको प्राकृतिक वातावरणको संरक्षण गर्नु रहेको बताए।
समाचार एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन