सर्लाही, २५ साउन । सर्लाहीको हरिवन नगरपालिकामा बुधवार विहान कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने सर्लाहीको हरिवन नगरपालिकामा पूर्वबाट पश्चिमतर्फ आईरहेका ना ३३ प २२९५ जनमवरको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेका बा ७ च ९२२२ नम्वरको कारले बुधवार विहान ठक्कर दिदा हरिवन नपा ११ का ३८ बर्षिय गरुप्रसाद ढुंगेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी गम्भिर घाईते भएका ढुंगेलको बिरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । ढुंगेल हरिवन बजार स्थित घरबाट ११.३० बजेको समयमा खाना खाएर नयाँरोड स्थित पसल पसल तर्फ जाने क्रममा दुर्घटनामा परेको थियो । मृतक ढुंगेल नयाँरोडमा पशुपती मोटर पार्ट्सको पसल संचालन गर्दै आएका थिए । घटनामा संलग्न कार र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ भने मृतकको शव बिरगंजमै पोष्टमार्टम गरी सर्लाही ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन